खेलकुद

    Showing 1,471-1,480 of 1,603 items.
  • क्रिकेटमा नेपालको वरीयता खस्कियो

    एजेन्सी / अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टि२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ । आइसिसीले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपाल  १३ औं स्थानमा पुगेको छ ।नेपाल रहेको १२ औं स्थानमा भने आयरल्यान्ड उक्लिएको छ । नेपाल एसोसियटतर्फबाट टि २० वरीयतामा अग्रस्थानमा भने यथावत नै रहेको छ ।नयाँ वरीयतामा  इंग्ल्यान्ड पहिलो , भारत दोस्रो र पाकिस्तान तेस्रो स्थानमा रहेका छन्  । न्युजिल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौं, अष्ट्रेलिया छैटौँ, बंगलादेश सातौँ, अफगानिस्तान आठौं, श्रीलंका नवौँ र वेस्टइन्डिज दशौँ स्थानमा रहेका छन् ।त्यसैगरी जिम्बावे ११ औं स्थानमा रहेको छ भने टि २० आई व

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 152 पटक पढिएको
  • सबैभन्द धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बने रोनाल्डो

    बिर्तामोड / इरानका खेलाडी अलि डेइलाई पछि पार्दै पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो फुटबलमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेका छन् ।  गएराति सम्पन्न विश्वकप क्वालिफायर्स अन्तर्गतको खेलमा आयरल्याण्डविरुद्ध दुई गोल गर्दै १११ गोल गरेर उनी सबै भन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेका हुन् । जर्मन क्लब बायर्न म्युनिखबाट खेल्ने अलिले सन् २००३ मा हंगेरियन लेजेन्ट फेरेन्क पुस्कासको ८५ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान भंग गर्दै आफ्नो किर्तिमान बनाएका थिए । रोनाल्डोले विश्वकप छनोटमा ३३ गोल गरेका थिए । त्यस्तै युरोपियन च्याम्पियनसिप क्वालिपायर्समा ३१, अ

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 185 पटक पढिएको
  • बार्सिलोनाले दियो मेसीको जर्सी फातिलाई

    काठमाडौं//बार्सिलोनामा हुँदा मेसीले लगाउने गरेको आइकोनिक जर्सी फातिले लगाउने भएका छन् । अन्ततः अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेसीले बार्सिलोनाबाट खेल्दा लगाउने आइकोनिक १० नम्बरको जर्सी १८ वर्षीय खेलाडी अंशु फातीले लगाउने भएका हुन् ।  यसअघि फातीले बार्सिलोनामा ३१ र २२ नं. जर्सी लगाएका थिए ।आइकोनिक १० नं.को जर्सी लाई मासियाकै उत्पादनले लगाउने फाटीले १० नं. जर्सी लगाएको तस्बिर फेसबुकमा राख्दै बताएका हुन्।  बार्सिंलोनाले भविश्यको स्टारको रुपमा हेरेर नै फातीलाई १० नं.को जर्सी दिएको फुटबल पण्डितहरुको अनुमान छ ।बार्सिलोनाबाट पनि फातीले उत्कृष्ट प्रदर्शन गरिहेका छन् । सन् २०१९ बाट बार्स

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 168 पटक पढिएको
  • अफगानिस्तानका अलराउण्डर करिमले चितवन टाइगर्सबाट ईपीएल खेल्ने

     काठमाडौं//अफगानिस्तानका अलराउण्डर करिमले चितवन टाइगर्सबाट ईपीएल खेल्ने भएका छन्।  अफगानिस्तानका अन्तर्राष्ट्रिय खेलाडी करिम जन्नतले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका हुन्। चितवनले बुधबार करिमलाई ईपीएलका लागि अनुबन्ध गरिएको  जानकारी दिएको छ।चितवनले पाँचौ विदेशी खेलाडीको रुपमा करिमलाई अनुबन्ध गरिएको जनाएको छ । २३ वर्षीय करिमको टी-ट्वान्टीमा राम्रो स्किल रहेको छ र उनी मध्यपंक्तीका उपयोगी व्याट्सम्यान पनि हुन्।चितवनले यस अघि अफगानिस्तानकै मोहम्मद साहजाद, पाकिस्तानका डानिश अजिज, श्रीलंकाका सेकुगे प्रसन्न र  मलेसियाका ब्याट्सम्यान

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 180 पटक पढिएको
  • बार्सिलोनामा ग्रिजमन्नको ठाउँमा डच स्ट्राइकर लूक डे जोङ्ग

    एजेन्सी / यो सिजन धेरै स्टार खेलाडी गुमाएको बार्सिलोनाले नेदरल्याण्ड्सका स्ट्राइकर लूक डे जोङ्गलाई क्लबमा भित्र्याएको छ । फ्रान्सेली खेलाडी एन्टोने ग्रिजमन्नलाई एटलेटिको मड्रिड पठाए लगत्तै जोङ्गलाई क्लबमा भित्राएको हो ।बार्सिलोनाले जारी संस्करणमा ३१ वर्षीय डे जोङ्गको तलब भुक्तान गर्ने र  स्थायी सम्झौताका लागि अर्को संस्करणमा निर्णय गर्ने सर्तमा भित्राएको स्पेनी सञ्चारमाध्यमले जनाएका छन् ।एटलेटिको मड्रिडबाट ग्रिजमन्न दुई वर्ष अघि १० करोड ७ लाख पाउन्ड लिएर बार्सिलोना गएका थिए । ग्रिजमन्नले २५७ खेलमा १३३ गोल गरेका छन् । 

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 229 पटक पढिएको
  • एल्थेटिको फर्किए ग्रिजमान

    काठमाडौँ / बार्सिलोनाका फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमन ला लिगा च्याम्पियन एल्थेटिको म्याड्रिडमा फर्किएका छन् । दुई वर्षको बसाई पछि ग्रिजमान लोनमा पुनः आफ्नो पुर्व क्लब एल्थेटिको फर्किएका हुन् ।ग्रिजमन २०१९ मा १२० मिलियन युरोमा क्याटलान क्लब बार्सिलोना पुगेका थिए । एथ्लेटिकोले खेलाडीको तलब तिर्नेछ भने करारमा ट्रान्सफरलाई स्थायी बनाउने बाध्यकारी बुँदा पनि रहेको छ ।उनले एथ्लेटिकोका लागि २५७ खेलमा १३३ गोल गरेका छन् । बार्सिलोनामा भने उनले १०२ खेलमा ३५ गोल गरेका छन् । यसक्रममा उनले कोपा डेल रेको उपाधि मात्र जितेका छन् ।आर्थिक सङ्कट खेपिरहेको बार्सिलोना छाड्ने उनी ११ औँ खेलाडी हुन् । बार्सिलोनाल

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 233 पटक पढिएको
  • रोनाल्डोको युनाइटेडसँग दुई वर्षे सम्झौता

    एजेन्सी/ इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गरेको छ । मंगलबार युनाइटेडले युभेन्ट्सका ३६ बर्षीय फरवार्ड रोनाल्डोलाई अनुबन्ध गरेको हो । सम्झौता दुई बर्षको रहेको युनाइटेडले जनाएको छ ।पाँच पटकको बालोन डी ओर विजेता रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किएका छन् । यसअघि रोनाल्डोले सन् २००३ देखि ९ सम्म युनाइटेडबाट खेलेका थिए ।युनाइटेडबाट रियल म्याड्रिड पुगेका रोनाल्डो त्यहाँ ९ बर्ष खेल्दै इटाली पुगेका थिए । सिरी ए मा युभेन्ट्ससँग एक बर्षको सम्झौता बाँकी रहँदै रोनाल्डो पूर्वक्लब युनाइटेड फर्किएका हुन् ।

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 182 पटक पढिएको
  • विराटनगरका लागि जिम्बावेका कप्तान सिकन्दर राजाले खेल्ने

    विराटनगर / एभरेष्ट प्रिमियर लिग (ईपिएल)का लागि विराटनगर वारियार्समा जिम्बाबेका कप्तान सिकन्दर राजा अनुबन्धित भएका छन् ।ईपिएलका लागि विराटनगर वारियर्समा अनुबन्ध हुने उनी पहिलो विदेशी खेलाडी हुन् । ईपिएलको नियमानुसार विराटनगरले थप २ जना विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी नै रहेको छ ।विश्व क्रिकेटका अलराउन्डर ३५ वर्षीय सिकन्दरले जिम्बावेका लागि १७ वटा टेस्ट, १ सय ५ वान डे , ४२ वटा टि ट्वेन्टि आई र १ सय १७ वटा टि ट्वेन्टी क्रिकेट खेलेका छन् ।

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • 176 पटक पढिएको
  • स्पेनिस ला लिगामा रियल म्याड्रिडको जित

    काठमाडौँ  / शनिबार राति भएको स्पेनिस ला लिगामा रियल म्याड्रिडले जित हात पारेको छ। उक्त खेलमा रियल म्याड्रिडले रियल बेटिसलाई १(० गोलले पराजित गरेको हो।रियलको जितमा कार्भान्जलले ६१ मिनेटमा गोल गरे। उनलाई गोल गर्न बेन्जिमाले पास दिए। सेभिया भने इल्चेसँग १(१ गोलको बराबरीमा रोकियो।लिगमा रियल ३ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको सेभियाको पनि ७ अंक नै रहेको छ।

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 206 पटक पढिएको
  • क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभले राजीनामा दिँदै

    काठमाडौँ / नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक ह्वाटमोर डेभले राजीनामा दिने भएका छन् ।डेभले नेपाली क्रिकेट सङ्घ (क्यान)लाई शुक्रबार इमेल पठाउँदै ओमान सिरिज पछि नेपाली टोलीबाट राजीनामा दिने जानकारी दिएका हुन् । पारिवारिक कारण देखाउँदै डेभले नेपाली टोलीबाट बिदा लिन चाहेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । हाल उनी ओमन र अमेरिकाबीचको विश्वकप लिड दुईको त्रिकोणात्मक सिरिजका लागि ओमानमा रहेका छन् । ओमान सिरिज यही भदौ २८ देखि असोज ४ गतेसम्म सञ्चालन हुने छ । उक्त सिरिजमा नेपालले ओमान र अमेरिकासित दुई–दुई खेल खेल्ने तय भएको छ ।डेभले आठ महिनाअघि एक वर्षका

    • प्रकाशित मितिः भदौ १२, २०७८
    • 233 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.