काठमाडौं । १३ औं साफ च्याम्पियनसिप अन्र्तगत नेपालले लिग चरणको अन्तिम खेलमा आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। आजको खेलबाट नै यो सिननमा नेपालको बाँकी यात्रा टुंगो लाग्नेछ ।

सुरुवातमा लगातार दुई खेल जिते पनि तेस्रो खेलमा भारतसँग हारेको नेपाल बंगलादेशसँगको खेल जित वा बराबरी गरेमा फाइनल प्रवेश गर्नेछ।

OM Sai Pathibhara Hospital

समान ६ अंक भए पनि गोल अन्तरको आधारमा आयोजक माल्दिभ्स शीर्ष स्थानमा उक्लिँदा भारतसँगको पराजयले नेपाल दोस्रो स्थानमा झरेको छ ।

बंगलादेशसँगको खेलमा हारेमा नेपाल प्रतियोगिताबाटै बाहिरिनेछ । यदि खेल बराबरी भएमा पनि नेपाल ७ अंक जोड्दै उपाधि प्रतिस्पर्धामा पुग्नेछ। जित्यो भने नेपाल ९ अंकका साथ फाइनल प्रवेश गर्नेछ।

सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा हालसम्म नेपाल पुग्न सकेको छैन । हालसम्म तेस्रो स्थानभन्दा माथिल्लो उपलब्धि नेपालले हासिल गर्न सकेको छैन।

यसपटक भने नेपाल फाइनल पुग्ने लक्ष्यमा रहेको छ । अहिले नेपाल त्यो लक्ष्य नजिक रहेको छ ।