बिर्तामोड / चितवन टाइगर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ । 

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा चितवनले पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो । 

OM Sai Pathibhara Hospital

पोखराले दिएको ११२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको चितवनले १५.५ ओभरमा ६ विकेट गुमाउँदै पुरा गरेको हो । चितवनका लागि भीम सार्कीले सर्वाधिक अर्धशतकिय इंनिग्सको योगदान दिए । ४५ बलको सामना गर्दै उनले ६३ रन जोडे । 

त्यस्तै, दिलीप नाथले १८ रन बनाउँदा मोहम्द साहजद ११ रनमा क्याच आउट भए । राजेश पुलामीले १४ रन बनाउँदा कप्तान सोमपाल कामी ४ रनमा अविजित रहे । 

पोखराका लागि भने किशोर महत्तोले ४ विकेट लिँदा नन्दन यादवको नामा २ विकेट रह्यो  । त्यसअघि टस हारेर व्याटिङको निम्तो पाएको पोखरा १७.५ ओभरमा १११ रन बनाउँदै अलआउट भएको थियो । 

पोखराका लागि एसेला गुणरत्नेले सर्वाधिक ३४ रन बनाए । त्यस्तै, रिचार्ड लेभीले २६ रन बनाउँदा  विपिन रावलले १७ रन जोडे । कप्तान विनोद भण्डारीले २२ रनमा क्याच आउट भए ।  मध्यम सुरुवात गरेको पोखराका खेलाडी ठुलो सट खेल्ने धुनमा क्रिजमा टिक्न सकेनन् । 

पोखरालाई सस्तैमा समेट्न चितवनका लागि कमलसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए ।  त्यस्तै, करिम जनतशेकुगे प्रसन्नाले समान २–२ विकेट लिँदा कप्तान सोमपाल कामी र सागर ढकालको नामा १–१ विकेट रह्यो  । 

अब ईपीएलको विजेता चितवनले ५० लाख पाउनेछ भने उप–विजेता पोखराले १५ लाख रुपैयाँमा चित्त बुझाउनेछ ।