काठमाडौं । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको युरोपियन छनोटमा इंग्ल्यान्डले हंगेरीसँग १-१ गोलको बराबरी खेल्दै अप्रत्यासित नजिता निकालेको छ।

वेम्बली स्टेडियममा हंगेरीका समर्थकको हिंसात्मक गतिबिधिले प्रभावित खेलमा घरेलु टोलि इंग्ल्यान्ड बराबरीमा रोकिएको हो ।

OM Sai Pathibhara Hospital

खेलमा हंगेरीले २४ औं मिनेटमै सुरुआती अग्रता लिएको थियो । रोनाल्ड सालाईले पेनाल्टीमार्फत गोल गर्दै हंगेरीलाई अग्रता दिएका थिए ।

तर, जोन स्टोन्सले ३७ औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई बराबरीमा फर्काए । त्यसपछि दुबै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमै टुंगियो ।


यस बराबरीपछि समूह ‘आई’ को इंग्ल्यान्डले ८ खेलबाट २० अंक जोडेको छ । र, शीर्ष स्थानमा यथावत रहेको छ ।  अब इंग्ल्यान्डले दुई खेलबाट ४ अंक जोडेमा उसको कतारको यात्रा सुनिश्चित हुनेछ ।

यस समूहमा अल्बानियालाई १-० ले पराजित गरेको पोल्याण्ड १७ अंकसहित दोस्रो स्थानमा रहेको छ ।


अल्बानिया १५ अंक सहित तेस्रो तथा ११ अंकसहित हंगेरी चौथो स्थानमा रहेको छ ।