काठमाडौं //माल्दिभ्समा जारी साफ च्याम्पियनसिप खेलमा भारतले जित्ने सम्भावना ९५ प्रतिशत रहेको अब्दुल्लाह अल्मुताइरीले बताएका छन्।

भारतविरुद्धको खेलअघि बोल्दै  भारतविरुद्धको खेल नेपाललाई कठिन हुने नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बताएका हुन्।

OM Sai Pathibhara Hospital

मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले भोलि आइतबार बलियो टिम भारतको सामाना गर्नेछ । नेपाल र भारतबीचको नेपाली समय अनुसार खेल राति ९:४५ बजे सुरु हुने बताइएको छ।

अल्मुताइरीले भारतलाई हराउने नेपालको सम्भावना मात्र एक प्रतिशत भएको समेत बताएका छन्।

'मेरो विचारमा भारतले ९५ प्रतिशतले खेल जित्ने सम्भावना छ ।४ प्रतिशत बराबरी र १ प्रतिशत नेपालले जित्ने सम्भावना छ,' उनले भने, 'मलाई आशा छ हामी भारतसँग हार्ने छैनौँ ।'साफको सर्वाधिक सफल टिम भारतले अघिल्लो दुई खेलमा बराबरी खेलेको थियो ।

पहिलो खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको भारतले दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो ।नेपालले भने लगातार दुई खेल जितेको थियो ।

पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले हराएको थियो ।

नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

भारत २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

भारतलाई फाइनल पुग्न अबको बाँकी दुई खेल जित्नै पर्ने दबाब रहेको छ ।लगातारको दुई जितले नेपाल फाइनल नजिक रहेको छ ।