बिर्तामोड / वर्षभरिका सर्वोत्कृष्ट फुटबल खेलाडीको पुरस्कार बलोन डिओर २०२१ को मनोनयन सार्वजनिक भएको छ । प्रत्येक वर्ष प्रदान गरिने  बलोन डिओरमा ३० जनाको नाम सार्वजनिक भएको हो । 

३० जना मध्य विश्व चर्चित खेलाडीद्धय लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको नाम पनि रहेको छ । अघिल्लो वर्ष कोरोनाका कारण बलोन डिओर रद्द गरिएको थियो । 

OM Sai Pathibhara Hospital

यसपटक भने लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, रोबर्ट लेवान्डोस्कीजोर्गिन्हो उपाधिको प्रमुख दाबेदारका रूपमा रहेका छन्। यस्तै इटालीका गोलरक्षक जिआनलुइजी डोनारुम्मा पनि मनोनयनमा परेका छन्। नोभेम्बर २९ मा उपाधिबारे औपचारिक घोषणा हुनेछ।

कोपा अमेरिका विजेता कप्तान मेस्सी यस वर्षको प्रमुख दाबेदार हुन्। यस्तै जोर्गिन्होले चेल्सीबाट च्याम्पियन्स लिग जितेको र इटालीबाट युरो कप जितेको हुँदा उनलाई पनि उपाधिको दाबेदार मानिएको छ। 

यता लेवान्डोस्कीले जर्ड मुलरको गोलको कीर्तिमान भंग गरेका थिए भने क्रिस्टियानो रोनाल्डोले हालसालै सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान आफ्नो नाममा बनाएका थिए। यस्तै अन्तिम ३० मा नेयमारएम्बापे पनि परेका छन्।