बिर्तामोड / कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो क्वालिफायरमा स्थान बनाउन सफल भएको छ । 

सोमबार भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलोरमाथि ४ विकेटको जित हासिल गर्दै कोलकाता क्वालिफायरमा प्रवेश गरेको हो ।

OM Sai Pathibhara Hospital

कोलकाताले अब फाइनल प्रवेशका लागि दिल्ली क्यापिटलसँग खेल्नेछ । यस खेलको विजेताले चेन्नाई सुपर किंग्ससँग उपाधिका लागि खेल्नेछ ।

शारजहाँमा भएको खेलमा बेङ्लोरले दिएको १३९ रनको लक्ष्य कोलकाताले २ बल बाँकी छँदा ६ विकेट गुमाएर पूरा गरेको हो । कोलकाताको जितमा सुनिल नारिनले अलराउण्ड प्रदर्शन गरे ।

बेंगलोरलाई १३८ रनमा रोक्न ४ विकेट लिएका सुनिलले ब्याटिङमा २६ रन बनाए । कोलकताका लागि शुबमन गिलले २९ र वेनकाटेश अयेरले २६ रन बनाए ।

त्यसअघि कप्तान विराट कोहलीको ३९ रन मद्दतमा बेंगलोरले १३८ रन बनाएको थियो ।