बिर्तामोड / जर्मनी सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलमा छनोट हुने पहिलो टोली बनेको छ।
विश्वकपको युरोपियन छनोटअन्तर्गत सोमबार राति नर्थ मेसोडोनियालाई ४–० गोल अन्तरले पराजित गर्दै जर्मनी विश्वकपमा छनोट छनोट हुने पहिलो टोली बनेको हो ।

जर्मनीको लागि टिमो वेर्नरले २ गोलसहित काई हाभर्ट्ज र जमाल मुसियालाले समान १–१ गोल गरे।
जितसँगै दुई खेलअगावै जर्मनी विश्वकपमा छनोट भएको छ। जर्मनीले आगामी दुई खेल लिचेस्टाइन र अर्मेनियासँग खेल्नेछ।