खेलकुद

    Showing 1,401-1,410 of 1,416 items.
  • खेलाडीलाई सम्मान

    काठमाडौँ / गणेशमानसिंहको १०६ औँ जन्मजयन्तीका अवसरमा आयोजित फुट्सल प्रतियोगितामा दोस्रो हुने नेपाल तरुण दल क्षेत्र नं ८ का खेलाडीलाई सम्मान गरिएको छ ।‘एचडी थर्टीन ग्रुप’(इन्टरनेट सेवा प्रदायक फ्रेन्चाइजवाइफाइ एचडी) ले एक कार्यक्रमको आयोजना गरेर खेलाडीलाई कदरपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेको हो । नेपाल तरुण दल क्षेत्र नं १ ले आयोजना गरेको प्रतियोगितामा नौ समूह सहभागी थिए । संविधानसभा सदस्य राज्यलक्ष्मी श्रेष्ठले वरिष्ठ राजनीतिज्ञ सिंहको स्मरणमा आयोजित उक्त कार्यक्रम महत्वपूर्ण रहेको उल्लेख गर्दै खेलाडी तथा खेल पदाधिकारीको योगदानलाई समाजमा फैलाउन खाँचो रहेको बताइन् । तरुण दल १३ एकाइका

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 133 पटक पढिएको
  • आहा रारा गोल्डकप फुटबलमा आठ टोलीको सहभागिता रहने

    पोखरा / मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउने भएका छन् ।‘खेलकूदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकूद पर्यटन शहरका रुपमा स्थापित गरौैँ’ भन्ने उद्देश्यसहित सहारा क्लब पोखराको आयोजनामा आगामी चैत २१ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ । १९औँ संस्करणको अवसरमा आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा विदेशी एकसहित आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो ।प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका क्लब नेपाल आयल निगम, मनाङ मस्र्याङ्दी,

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 137 पटक पढिएको
  • एम्बाप्पेले तोडे मेस्सीको कीर्तिमान

    एजेन्सी / लियोनेल मेस्सीको कीर्तिमान भङ्ग गर्दै किलियान एम्बाप्पे च्याम्पियन्स लिगको इतिहासमा २५ गोल गोल गर्ने सबैभन्दा युवा खेलाडी बनेका छन् । बुधबार बार्सिलोनाविरुद्धको च्याम्पियन्स लिगको खेलमा गोल गर्दै उनले यो कीर्तिमान बनाएका हुन् । अन्तिम १६ अन्तरगत दोस्रो लेगको खेलको ३१ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै एम्बाप्पेले नयाँ इतिहास रच्न सफल भए । २२ वर्ष ८० दिन उमेरका एम्बाप्पेले मेस्सीले २२ वर्ष २८६ दिन उमेरमा मेस्सीले बनाएको कीर्तिमान तोड्न सफल भएका हुन् । प्रि–क्वाटरफाइनलको दोस्रो लेगको खेल १–१ गोलको बराबरीमा टुंगिएपनि समग्रमा ५–२ को जित निकाल्दै पीएसजीले अन्तिम आठको यात्रा तय गर्न सफल

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 155 पटक पढिएको
  • नोबेलमा खेलकुद उत्सव सुरु

    बिर्तामोड । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एक साताको लागी ‘नोबेल स्पोर्टस फियस्टा’ सुरु भएको छ ।  कलेजमा अध्ययनरत बिद्यार्थीहरुले स्पोर्टस फियस्टा अर्थात् खेलकुद उत्सव सुरु गरेका हुन् ।फियस्टामा फुटबल, भलिबल, क्रिकेट, कवडी, ब्याडमिन्टन, म्याराथन, हाजिरीजवाफ लगायत प्रतियोगिता हुनेछन् । नोबेलमा हरेक वर्ष विद्यार्थीहरुले एक सातासम्म विभिन्न खेलकुद गतिविधि गरेर खेलकुद उत्सव मनाउँदै आएका छन् । उत्सव समापनका अवसरमा बिभिन्न साँस्कृतिक कार्यक्रमसमेत गर्ने गरिएको छ । नोबेलमा डीएम एमसीएच, एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, स्टाफ नर्स, ल्याब टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन, डि

    • प्रकाशित मितिः फागुन २५, २०७७
    • 127 पटक पढिएको
  • टी–२० क्रिकेट : अस्ट्रेलिया विरुद्धको शृंखलामा न्यूजील्यान्ड विजयी

    काठमाडौँ / अस्ट्रेलिया विरुद्धको टी२० क्रिकेट शृंखला न्यूजील्यान्डले ३–२ ले जितेको छ । वेलिङ्टनमा आइतबार सम्पन्न शृंखलाको अन्तिम खेलमा न्यूजील्यान्ड सहजै सात विकेटले विजयी भएको थियो ।पाँच खेलको यस शृंखलामा टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले जितका लागि न्यूजील्यान्डसामु १४३ रनको चुनौती प्रस्तुत दिएको थियो । उक्त लक्ष्य न्यूजील्यान्डले २७ बल बाँकी छँदै तीन विकेट गुमाएर पूरा गरेको थियो ।न्यूजीन्यान्डले अन्तिम खेलमा तीन जना स्पिनरलाई खेलाएर जोखिम लिएको थियो । तर तीनै जना स्पिनरले राम्रो बलिङ प्रदर्शन गरेका थिए । स्पिनर इस सोढीले २४ रन दिएर ३ र मार्क च्यापम्यानले ९ रन दिएर १ विकेट लिएका थि

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 241 पटक पढिएको
  • कोपा डेल रे उपाधिका लागि बार्सिलोना र एथ्लेटिक विल्वाओ भिड्ने

    काठमाडौं / स्पानिस कोपा डेल रे फुटबलको उपाधिका लागि बार्सिलोना र एथ्लेटिक विल्वाओबीच प्रतिस्पर्धा हुने भएको छ ।विल्वाओले दोस्रो सेमिफाइनलमा लेभान्टेलाई समग्रमा ३(२ ले पराजित गर्दै बार्सिलोनासँग फाइनलमा भेट पक्का गरेको हो ।विल्वाओले दोस्रो लेगमा लेभान्टेलाई अतिरिक्त समयमा २–१ ले पराजित गरेको हो । पहिलो लेगको खेल १–१ को बराबरीमा सकिएको थियो ।खेलको १७औं मिनेटमा रोजरले गोल गर्दै घरेलु मैदानमा लेभान्टेलाई अग्रता दिलाएका थिए । तर ३०औं मिनेटमा राहुल गार्सियाले विल्वाओका लागि बराबरी गोल फर्काए ।निर्धारित ९० मिनेटसम्मको खेल १–१ को बराबरी भएपछि समग्रमा खेल २–२ को अवस्थामा पुग्यो । त्यसपछि थप गरिएको ३० म

    • प्रकाशित मितिः फागुन २१, २०७७
    • 279 पटक पढिएको
  • युभेन्ट्स र हेलास भेरोनाको बराबरी खेल

    बिर्तामोड। क्रिस्टियानो रोनाल्डोको गोलका बाबजुद पनि युभेन्ट्सले सिरी ‘ए’ फुटबलमा बराबरी खेलेको छ ।शनिबार रातिको खेलमा साविक विजेता युभेन्ट्सले हेलास भेरोनासँग १–१ को बराबरी खेल्दै अंक बाडेको हो । भेरोनाको मैदानमा भएको खेलमा रोनाल्डोले एक गोल गरे । भेरोनाका लागि एन्टोनिन बाराकले एक गोल फर्काए ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९औँ मिनेटमा रोनाल्डोको गोलबाट युभेन्ट्सले अग्रता बनाएको थियो । ७७औँ मिनेटमा एन्टोनियो बाराकले गोल गर्दै हेलास भेरोनालाई हारबाट जोगाए ।बराबरीसँगै युभेन्ट्सले शीर्ष स्थानको टोलीसँग अंक दूरी कम गर्ने मौका गुमाएको छ । लिगमा २३ खेल खेलेको युभेन्ट्सको ४६ अंक छ । पराजित भ

    • प्रकाशित मितिः फागुन १६, २०७७
    • 146 पटक पढिएको
  • प्रदेश विजेता बन्दै धादिङले जित्यो नगद ५ लाख

    बिर्तामोड/ नुवाकोटमा सञ्चालित बागमती प्रदेश लिग फुटबल प्रतियोगिता २०७७ को उपाधि धादिङ समाज धादिङ डीएसडीले प्राप्त गरेको छ । फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको फाइनल खेलमा काठमाडौंको टिम विरुद्ध एक गोल गर्दै धादिङ समाज धादिङले बागमती प्रदेश लिग फुटबल प्रतियोगीता २०७७ को उपाधी उचालेको हो ।खेलको सुरु भएको २ मिनेटमै डीएसडीका खेलाडी दिपेन कँडेलले पेनाल्टीमार्फत गोल गर्न सफल भएका थिए । त्यही पहिलो १ गोलले नै धादिङ समाज धादिङ (डीएसडी)लाई उपाधि हात पार्न सफल गरायो । यस्तै काठमाडौंको टिमले धादिङ समाज धादिङविरुद्ध गोल गर्न सकेन ।फुटबल संघ नुवाकोटले आयोजना गरेको प्रतियोगिताको विजेता टिमलाई पुरस

    • प्रकाशित मितिः फागुन १५, २०७७
    • 147 पटक पढिएको
  • च्याम्पियन्स लिगः सिटीको १९ औँ जीत

    काठमाडौं । च्याम्पियन्स लिगको अन्तिम १६ मा म्यान्चेस्टर सिटीले लगातार १९ औँ जीत निकाल्दै बोरुसिया मोचेनग्लाडब्याचलाई पराजित गरेको छ । यो सिजन प्रतियोगिताको प्रबल दाबेदार सिटीले २–० को जीत हासिल गरेको हो ।जोआ क्यान्सेलोको पासमा गोल गर्दै बर्नार्डो सिल्भाले सिटीलाई अग्रता दिलाएका छन् । दोस्रो हाफमा ग्याब्रियल जिसुसले सिटीको जीत सुनिश्चित गरे । जिसुसले अन्तिम १६ मा सिटीका लागि पछिल्ला चार सिजनमा सबै पाँच खेलमा गोल गरेका छन् ।४३ वर्षपछि प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको ग्लाडब्याचले अब दोस्रो लेगमा खेल उल्टाउन ठूलो संघर्ष गर्नुपर्नेछ । दुई टोली १६ मार्चमा एक आपसमा पुनः भिड्ने भएका छन् ।यस्तै

    • प्रकाशित मितिः फागुन १३, २०७७
    • 309 पटक पढिएको
  • चेल्सीसँग एट्लेटिको स्तब्ध

    काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा चेल्सीले एट्लेटिको मड्रिडलाई १-० ले पराजित गरेको छ ।गएराति भएको खेलमा लण्डन क्लब चेल्सीलाई जित दिलाउन ओलिभर जिरुडले दोस्रो हाफमा शानदार गोल गरेका थिए । उनले ६८औं मिनेटमा बाइसाइकल किमार्फत गोल गरेका हुन् ।जिरुडको गोललाई रेफ्रीले सुरुमा अफसाइड दिए पनि पछि भिएआर रिभ्यु मार्फत गोलले मान्यता पाएको हो ।

    • प्रकाशित मितिः फागुन १२, २०७७
    • 184 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.