बुधबारे / बुद्धशान्ति गाउँपालिका -१ स्थित भोटेटारमा  दोस्रो भोटेटार अन्तर जिल्ला स्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

बुधवार पत्रकार सम्मेलन गरि फुटबल खेलमा उनीहरूलाई व्यस्त राख्ने, लागू औषध प्रयोगकर्तालाई निःशुल्क उपचार गर्ने, लागू औषधविरुद्धको जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने, विपन्न विद्यार्थीको पठन पाठनमा सहयोग पु¥याउने र नमुना आधारभूत विद्यालयमा स्थापित अक्षयकोषलाई वृद्धि गरि १ लाख रुपैयाँ बनाउने उद्देश्यले  पौष १७ गते देखि २४ गतेसम्म फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको जानकारी दिइएको छ ।

OM Sai Pathibhara Hospital

 स्थानीय न्यू स्टार युथ क्लबले आयोजना गर्ने सो फुटबल प्रतियोगिताको तयारी तीब्र रुपमा भइरहेको खेल संयोजक नन्दकुमार याम्फु राई ले जानकारी दिएका छन  । प्रतियोगितामा झापा, मोरङ र इलामका ८ वटा फुटबल क्लबले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उपाधि जित्ने टिमले नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाण -पत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाण - पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष कमल मुखियाले जानकारी दिएका छन ।

त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिड –फिल्डर, फरवार्ड, उच्च गोलकर्ता लगायतले पुरस्कार पाउने क्लबका सचिव गजुहाङ लिम्बूले बताए । भोटेटार खेल मैदानमा हुने प्रतियोगिता सम्पन्न गर्न करिव ५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।