एजेन्सी / न्युक्यासल युनाइटेडविरुद्धको सानदार जितसँगै इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीले स्पष्ट ३ अङ्कको अग्रता बनाएको छ ।
आइतबार रातिको खेलमा सिटीले घरेलु टोली न्युक्यासललाई ४(० अन्तरले पराजित गरेको हो ।

जेम्स पार्कमा भ्रमणकारी टोली सिटीलाई जिताउँन रुबेन डियस, जोआओ कनसेलो, रियाद माहरेज र रहीम स्टर्लिङले १(१ गोल गरेका छन ।
पहिलो हाफमा २ गोल गरेको सिटीले दोस्रो हाफमा थप २ गोल गर्यो । सुरुआतबाटै खेलमा पकड बनाएको सिटीले कुनै पनि समय घरेलु टोली न्युक्यासललाई दबाब बनाउन दिएन । खेलको पाँचौ मिनेटमा रुवेनले अग्रता बनाएका थिए ।
२७ औं मिनेटमा कनसेलोले २(० को दोब्बर अग्रता बनाए । मारेजले ६४ औं मिनेटमा गोल गर्दै सिटीलाई सहज स्थितिमा पुर्याए भने स्टर्लिङले ८६ औं मिनेटमा गोल गर्दै ४(० अन्तरको जित दिलाए ।
जितसँगै सिटीले शीर्षस्थानको उपाधि दौडमा रहेका लिभरपुल र चेल्सीसँग ३ अङ्कको अग्रता बनाएको छ । १८ खेल सकिँदा सिटीले ४४ अङ्क बनाएको छ, भने लिभरपुल ४१ र चेल्सी ३८ अङ्क सहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।