काठमाडौँ / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नेपाली क्रिकेटका खेलाडीहरूमाथि गरिएको कारबाहीको ध्यानाकर्षण गराएका छन् । 

शुक्रबार बिहान देउवालाई भेट्न दाहाल प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । सोही भेटको क्रममा दाहालले देउवालाई खेलाडीलाई गरिएको कारबाहीको विषयमा ध्यानाकर्षण गराएका हुन् । 

OM Sai Pathibhara Hospital

यसअघि नेपाल क्रिकेट संघ (क्यान)को बुधबार बसेको बोर्ड बैठकले ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह एरीलाई उपकप्तानबाट हटाइएको थियो ।

मल्ल र ऐरीसहित अलराउन्डर सोमपाल कामी र बलर कमलसिंह ऐरीलाई सन् २०२२ को वर्गीकरणबाट प्राप्त हुने ६ महिनाको तलब नदिने निर्णय भएको थियो।

चार खेलाडीले वर्गीकरणको विषयमा सञ्चार माध्यममा असन्तुष्टि व्यक्त गरेपछि क्यानले कारबाही गरेको हो।