काठमाडौं / बङ्गलादेशमा जारी साफ यू –१९ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो अन्तिम लिग खेलमा आज भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

कास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा यस खेल नेपाली समय अनुसार दिउँसो २ः ४५ बजे सुरु हुनेछ ।

OM Sai Pathibhara Hospital

पाँच टिम सहभागी च्याम्पियनसिपमा शीर्ष दुईमा रहेर फाइनल पुग्न नेपाललाई भारतविरुद्ध बराबरी नै पर्याप्त छ । भारत भने नेपाललाई हराएर फाइनल पुग्ने लक्ष्यमा छ ।

नेपाल ३ खेलबाट ७ अङ्क जोडेर शीर्ष स्थानमा छ । समान अङ्क भए पनि गोलअन्तरमा पछि रहेको बंगलादेश दोस्रो स्थानमा छ ।

भारत भने दुई जित र १ हारबाट ६ अङ्कसहित तेस्रो स्थानमा छ । भारत पछिल्लो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो ।

नेपालले पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेल्दै च्याम्पियनसिप सुरुवात गरेको थियो ।

त्यसपछि नेपालले दोस्रो खेलमा श्रीलंकालाई ६–० ले र तेस्रो खेलमा नेपालले भुटानलाई ४–० गोल पराजित गर्दै फाइनल दाबेदार पेस गरेको थियो ।

भारतले पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा भुटानलाई हराएको थियो । तेस्रो खेलमा भारत बङ्गलादेशसँग पराजित भएको थियो ।

आजै बङ्गलादेशले श्रीलंकासँग अन्तिम खेल खेल्दैछ । यदि नेपालले भारतलाई पराजित गरेमा बंगलादेश जस्तो नतिजा आए पनि फाइनलमा पुग्नेछ ।