काठमाडौं  / बङ्गलादेशको ढाकामा भइरहेको एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको महिलातर्फ नेपालले लगातार तेस्रो जित निकालेको छ ।

शुक्रबार भएको खेलमा साविक विजेता नेपालले बङ्गलादेशलाई सोझो सेटमा हरायो । एकपक्षीय बनेको खेलको पहिलो सेट नेपालले २५–५ ले सहजै आफ्नो पक्षमा पारेको थियो । 

OM Sai Pathibhara Hospital

दोस्रो र तेस्रो सेटमा भने बङ्गलादेशले सुधारिएको खेल खेल्यो । यद्यपि नेपालले त्यसपछि बङ्गलादेशलाई २५–१५, २५–१७ ले हराउँदै खेल सहजै जितेको हो ।

तीन जितपछि नेपाल अंक तालिकामा शीर्ष स्थानमा छ । नेपालले पहिलो खेलमा श्रीलंकामाथि ३–२ को सेटमा जित हात पारेको थियो । यस्तै दोस्रो खेलमा माल्दिभ्सलाई पनि सोझो सेटमा हराएको थियो ।

आइतबार उज्वेकिस्तान र सोमबार अन्तिम खेलमा किर्गिस्तानसँग खेल्नेछ । नेपालले उज्वेकिस्तानसँग यसअघि खेलेको छैन ।