काठमाडौँ / बङ्गलादेशमा आजदेखि एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु हुने भएको छ ।  

बङ्गलादेशको ढाकामा हुने प्रतियोगितामा नेपालको महिला र पुरुष टोलीले खेल्ने छन् । नेपालको महिला टोलीले पहिलो खेल आज साढे ११ बजेदेखि श्रीलङ्कासँग खेल्दैछ । 

OM Sai Pathibhara Hospital

यस्तै पुरुष टोलीले आज बेलुका पौने ५ बजे आयोजक बङ्गलादेशसँग खेल्नेछ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली फाइनलमा पुग्ने छन् ।