काठमाडौं / बंगलादेशको ढाकामा भइरहेको एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको महिलातर्फ नेपाली टोलीले लगातार दोस्रो जित हातपारेको छ । 

एकपक्षीय जस्तै बनेको खेलमा शुक्रबार साविक विजेता नेपालले माल्दिभ्सलाई २५-११, २५-९, २५-५ सेटमा हराएको हो ।

OM Sai Pathibhara Hospital

दुई जितपछि नेपाल ५ अंक जोडेर अंक तालिकामा शीर्ष स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा श्रीलंकामाथि ३-२ को सेटमा जित हात पारेको थियो ।

६ राष्ट्र सहभागी प्रतियोगितामा राउण्ड रोविन लिगपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपालले आफ्नो तेस्रो खेल शनिवार घरेलु टोली बंगलादेशसँग खेल्नेछ ।