खेलकुद

    Showing १,३६१-१,३७० of १,६४७ items.
  • नेपाल र मरिससबीच आज दोस्रो मैत्रीपूर्ण फुटबल हुँदै

    काठमाडौं / नेपाल र मरिससबीच आज(मंगलबार) दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । खेल अपराह्न पौने पाँच बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।गत शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई एक–शून्यले हराएको थियो । नेपालको जितमा विमल घर्तीमगरले निर्णायक गोल गरेका थिए ।प्रशिक्षक अबदुल्लाह अलमुताइरीले यसअघि घोषित टिममा दुई जना खेलाडी परिवर्तन गरेका छन् । यसअघि घोषित टिममा रहेका अनन्त तामाङ र प्रशान्त अवस्थीको सट्टा दर्शन गुरुङ र मनिष डाँगीलाई समावेश गरिएको छ ।

    • प्रकाशित मितिः माघ १८, २०७८
    • ४५९ पटक पढिएको
  • अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा सेनेगल र इजिप्ट

    काठमाडौँ / सेनेगल र इजिप्ट आइतबार भएको खेलमा विजयी हुँदै अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् ।दुई टोलीको जितसँगै सेमिफाइनल समीकरण समेत पूरा भएको छ । सेनेगल र इजिप्टसँगै आयोजना क्यामरुन र बुर्किना फासो अन्तिम चारमा पुगे । आइतबार राती सेनेगलले गिनीलाई ३-१ ले पराजित गरेको हो  । इजिप्टले मोरोक्कोलाई २-१ ले पराजित गरेको छ  । इजिप्टले ९० मिनेटको निर्धारित समयपछि अतिरिक्त ३० मिनेटमा जित पायो । अब सेमिफाइनलमा सेनेगल र बुर्किना फासो तथा इजिप्ट र आयोजक क्यामरुन फाइनल प्रवेशका लागि खेल्नेछन् । 

    • प्रकाशित मितिः माघ १७, २०७८
    • २६९ पटक पढिएको
  • आहा-रारा गोल्डकपमा उपाधिका लागि मनाङ र एपीएफ भिड्दै

    झापा / पोखरामा जारी आहा –रारा गोल्डकपको बिसौँ संस्करणमा उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र विभागीय टोली एपीएफ क्लबबीच भिडन्त हुँदैछ ।सेमिफाइनलमा एपीएफले लिग च्याम्पियन मछिन्द्र क्लबलाई र मनाङले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए । यस अघि एपीएफ २०६८ सालमा आहा-राराको उपविजेता बनेको थियो। त्यो वर्ष विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।केही महिना पहिलेदेखि पोखरा रङ्गशालालाई घरेलु मैदानको रूपमा प्रयोग गर्दै आइरहेको मनाङले भने आहा–रारा गोल्डकपको सर्वाधिक विजेता हो । उसले २०६०, २०६१, २०६८, २०७२, २०७३ र २०७६ सालमा उपाधि चुमेको थियो ।बीसौं संस्करणसम्

    • प्रकाशित मितिः माघ १५, २०७८
    • ४५५ पटक पढिएको
  • विश्वकप फुटबलमा छनोट भए १४ देश

    काठमाडौं / कतारमा हुन लागेको विश्वकप फुटबलमा हालसम्म १४ देश छनोट भइसकेका छन् । इराकमाथि १० को जित निकालेर एशियाबाट छनोट भएको पहिलो देश इरानसहित १४ देशले कतारको टिकट निश्चित गरेका हुन् । कतार आयोजकको रुपमा छनोट भइसकेको छ भने युरोप र दक्षिण अमेरिकाबाट पनि केही देशहरू छनोट भइसकेका छन् । अफ्रिकाबाट ५, एशियाबाट ४ र १ ले प्ले अफ, युरोपबाट १३, उत्तर अमेरिका र क्यारेबियनबाट ३ र १ प्ले अफ, ओसेनियाबाट १ प्ले अफ र दक्षिण अमेरिकाबाट ४  र एक प्ले अफ गरी कुल ३२ राष्ट्र छनोट हुने फिफाको नियम रहेको छ ।अन्तर महादेशीय प्ले अफमा एशियाबाट पाँचौं हुनेले दक्षिण अमेरिकाको पाँचौं हुने टोलीसँग प्ले अफ खेल्ने

    • प्रकाशित मितिः माघ १४, २०७८
    • २१५ पटक पढिएको
  • विश्वकप छनोट : ब्राजिल बराबरीमा रोकियो, अर्जेन्टिना विजयी

    काठमाडौँ / आगामी नोभेम्बरमा कतारमा हुने फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले इक्वेडरसँग १–१ को बराबरी खेल्दै अङ्क बाँडेको छ ।यसअघि नै कतार विश्वकपका लागि छनोट भइसकेको ब्राजिल दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा छ । ब्राजिलको १४ खेलबाट ३६ अंक छ । इक्वेडर १५ खेलबाट २४ अंकसहित तेस्रो स्थानमा छ ।अर्को खेलमा लिओनल मेसी बिनाको अर्जेन्टिनाले चिलीलाई २–१ ले पराजित गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा तीनै गोल पहिलो हाफमा भएको थियो ।अर्जेन्टिनाका लागि एन्जल डि मारियाले खेलको दशौँ र लाउटारो मार्टिनेजले ३४औं मिनेटमा गोल गरे । चिलीका लागि बेन बेरेटेनले २१औं मिनेटमा गोल गरेका थिए ।ब्राजि

    • प्रकाशित मितिः माघ १४, २०७८
    • २८८ पटक पढिएको
  • आहा ! रारा गोल्डकप : दोस्रो सेमिफाइनलमा आज मनाङ र आर्मी भिड्दै

    काठमाडौँ / पोखरामा जारी २० औँ संस्करणको आहा ! रारा गोल्डकपको दोस्रो सेमिफाइनल खेल आज हुँदै छ । दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबले प्रतिस्पर्धा गर्न लागेका हुन् । आजको विजेताले शनिबार हुने फाइनलमा एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा एपीएफले मच्छिन्द्र फूटबल क्लबलाई हराउँदै फाइनलमा स्थानमा पक्का गरिसकेको छ । खेल आज दिउँसो दुई बजे पोखरा रङ्गशालामा हुने छ । आर्मीले यसअघि पाँच पटकको विजेता टिम थ्रिस्टार क्लबलाई हराएर फाइनल प्रवेश गरेको हो । उक्त खेल आर्मीले १–० गोल अन्तरले जितेको थियो । यता मनाङले भने नेपाल पुलिसलाई २–० गोलले हराउँ

    • प्रकाशित मितिः माघ १३, २०७८
    • २४५ पटक पढिएको
  • नेपाली क्रिकेट टोलीका पूर्वप्रशिक्षक अफ्ताब बालोकको निधन

    बिर्तामोड / नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक अफताब बालोकको निधन भएको छ। नेपाल क्रिकेट संघ क्यानका अनुसार उनको निधनले दुःखी भएको जनाउँदै क्यानले श्रद्धाञ्जली व्यक्त गरेको छ। यसैबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीले पनि पूर्व प्रशिक्षकको निधनमा श्रद्धाञ्जली व्यक्त गरेको क्यानले जनाएको छ। उनी पाकिस्तानका चर्चित क्रिकेट खेलाडी थिए। 

    • प्रकाशित मितिः माघ १२, २०७८
    • ५१७ पटक पढिएको
  • आहा रारा गोल्डकप : आर्मी र थ्रीस्टार भिड्दै

    बिर्तामोड / पोखरामा जारी आहा रारा गोल्डकप फुटबलमा आज क्वार्टरफाइनलको अन्तिम खेल हुँदैछ । पोखरा रङ्गशालामा दिउँसो साढे दुई बजे हुने खेलमा थ्रीस्टार र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । आज दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छन् । आजको खेलको विजेताले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । 

    • प्रकाशित मितिः माघ ११, २०७८
    • ३८१ पटक पढिएको
  • आहा रारा गोल्डकपमा संकटालाई हराउँदै मछिन्द्र सेमिफाइनलमा

    बिर्तामोड / मछिन्द्र फुटबल क्लब पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको क्वार्टरफाइनलमा संकटा क्लबलाई ४ १ ले पन्छाउँदै मछिन्द्रले अन्तिम चारमा स्थान पक्का गरेको हो । यी दुवै टिम बाइ पाएर सिधै क्वार्टरफाइनल प्रवेश गरेका थिए ।सहिद स्मारक ए डिभिजन लिगमा पहिलो स्थानमा रहेको मछिन्द्रले पोखरा रङ्गशालामा १३ औँ मिनेटमै गोलको खाता खोलेको थियो । उसका लागि उत्सव राईले पहिलो गोल गरेका थिए । त्यसपछि विदेशी खेलाडी मेुसुके ओलोमौउले ४७ औँ मिनेटमा मछिन्द्रको दोस्रो गोल गरे । उनले ८६ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए । उनीअघि अभिषेक गुरुङले मछिन्द्रको तेस्रो गोल गरेका थि

    • प्रकाशित मितिः माघ १०, २०७८
    • २९९ पटक पढिएको
  • १२ खेलाडीलाई कोरोना भएपछि

    काठमाडौँ / आफ्ना १२ खेलाडीलाई कोभिड १९ को संक्रमण भएपछि आयोजक भारत एएफसी महिला एसिया कप फुटबलबाट बाहिरिएको छ ।भारतले आइतबार समूह चरणको खेलमा चाइनिज ताइपेविरुद्ध खेल्ने तालिका रहेको थियो । तर, कोभिड पीडित भारतले १३ खेलाडी जुटाउन नसकेपछि खेल आयोजक प्रतियोगिताबाटै बाहिरिएको हो ।एएफसीको नियम अनुसार कोभिडको महामारीको समयमा कम्तिमा १३ खेलाडी टिममा उपलब्ध हुनुपर्छ । तर, भारतले आवश्यक खेलाडी उपलब्ध गराउन सकेको थिएन ।

    • प्रकाशित मितिः माघ १०, २०७८
    • १८० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.