काठमाडौँ / आफ्ना १२ खेलाडीलाई कोभिड १९ को संक्रमण भएपछि आयोजक भारत एएफसी महिला एसिया कप फुटबलबाट बाहिरिएको छ ।

भारतले आइतबार समूह चरणको खेलमा चाइनिज ताइपेविरुद्ध खेल्ने तालिका रहेको थियो । तर, कोभिड पीडित भारतले १३ खेलाडी जुटाउन नसकेपछि खेल आयोजक प्रतियोगिताबाटै बाहिरिएको हो ।

OM Sai Pathibhara Hospital


एएफसीको नियम अनुसार कोभिडको महामारीको समयमा कम्तिमा १३ खेलाडी टिममा उपलब्ध हुनुपर्छ । तर, भारतले आवश्यक खेलाडी उपलब्ध गराउन सकेको थिएन ।