काठमाडौँ / आफ्ना १२ खेलाडीलाई कोभिड १९ को संक्रमण भएपछि आयोजक भारत एएफसी महिला एसिया कप फुटबलबाट बाहिरिएको छ ।
भारतले आइतबार समूह चरणको खेलमा चाइनिज ताइपेविरुद्ध खेल्ने तालिका रहेको थियो । तर, कोभिड पीडित भारतले १३ खेलाडी जुटाउन नसकेपछि खेल आयोजक प्रतियोगिताबाटै बाहिरिएको हो ।



































