काठमाडौँ / पोखरामा जारी २० औँ संस्करणको आहा ! रारा गोल्डकपको दोस्रो सेमिफाइनल खेल आज हुँदै छ । 

दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबले प्रतिस्पर्धा गर्न लागेका हुन् । आजको विजेताले शनिबार हुने फाइनलमा एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

OM Sai Pathibhara Hospital

पहिलो सेमिफाइनलमा एपीएफले मच्छिन्द्र फूटबल क्लबलाई हराउँदै फाइनलमा स्थानमा पक्का गरिसकेको छ । खेल आज दिउँसो दुई बजे पोखरा रङ्गशालामा हुने छ । 

आर्मीले यसअघि पाँच पटकको विजेता टिम थ्रिस्टार क्लबलाई हराएर फाइनल प्रवेश गरेको हो । उक्त खेल आर्मीले १–० गोल अन्तरले जितेको थियो । 

यता मनाङले भने नेपाल पुलिसलाई २–० गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो।