काठमाडौं / कतारमा हुन लागेको विश्वकप फुटबलमा हालसम्म १४ देश छनोट भइसकेका छन् । इराकमाथि १० को जित निकालेर एशियाबाट छनोट भएको पहिलो देश इरानसहित १४ देशले कतारको टिकट निश्चित गरेका हुन् । कतार आयोजकको रुपमा छनोट भइसकेको छ भने युरोप र दक्षिण अमेरिकाबाट पनि केही देशहरू छनोट भइसकेका छन् । 

अफ्रिकाबाट ५, एशियाबाट ४ र १ ले प्ले अफ, युरोपबाट १३, उत्तर अमेरिका र क्यारेबियनबाट ३ र १ प्ले अफ, ओसेनियाबाट १ प्ले अफ र दक्षिण अमेरिकाबाट ४  र एक प्ले अफ गरी कुल ३२ राष्ट्र छनोट हुने फिफाको नियम रहेको छ ।

OM Sai Pathibhara Hospital

अन्तर महादेशीय प्ले अफमा एशियाबाट पाँचौं हुनेले दक्षिण अमेरिकाको पाँचौं हुने टोलीसँग प्ले अफ खेल्नेछन् भने दुई चरणको प्ले अफमा गरेको गोलका आधारमा छनोट हुनेछ । 

उत्तर अमेरिकी महादेशको चौथो हुने देशले ओसेनियाबाट छनोट भएर आएको टोलीसँग दुई चरणको प्ले अफ खेल्नेछन् अनि छनोट हुनेछन् । विश्वकपमा कतार , जर्मनी , डेनमार्क , ब्राजिल , फ्रान्स , बेल्जियम , क्रोएसिया , स्पेन , सर्बिया , इंग्ल्यान्ड , स्विट्जरल्यान्ड , नेदरल्याण्ड्स , अर्जेन्टिना र इरान गरि १४ वटा देश छनौट भएका छन् ।