बिर्तामोड / पोखरामा जारी आहा रारा गोल्डकप फुटबलमा आज क्वार्टरफाइनलको अन्तिम खेल हुँदैछ ।
पोखरा रङ्गशालामा दिउँसो साढे दुई बजे हुने खेलमा थ्रीस्टार र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । आज दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छन् । आजको खेलको विजेताले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 
प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ ।