खेलकुद

    Showing 1,261-1,270 of 1,313 items.
  • चौथो अध्यक्ष कप भलिबल : पुरुषतर्फ भोजपुर र महिलातर्फ ओखलढुङ्गालाई

    खोटाङ / खोटेहाङ गाउँपालिकामा सम्पन्न चौथो अध्यक्ष कप अन्तर वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिका–१ नेपालेडाँडाले उचालेको छ । गाउँपालिकाको चौथो वार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगितामा भोजपुरकै आम्चोक गाउँपालिका–३ थिदिङ्खालाई सोझो सेटमा हराउँदै नेपालेडाँडाले उपाधिमाथि कब्जा जमाएको  हो । जिल्लाको पुरानो सदरमुकाम खोटाङबजारस्थित भगवती दीनानाथ माविको प्राङ्गणमा आयोजित महिलातर्फको प्रतियोगिताको उपाधि ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–१ मोलीले उचालेको छ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ स–छितापोखरीलाई सोझो सेटमा हराउँदै मानेभञ्ज्याङ गाउँपालिका

    • प्रकाशित मितिः वैशाख १६, २०७८
    • 99 पटक पढिएको
  • इतिहास रच्दै भुर्तेल : क्रिकेटमा नेपालको कीर्तिमान

    बिर्तामोड / नेपालले पहिलो टी२० क्रिकेट उपाधि जितेको छ। कीर्तिपुर मैदानमा नेदरल्यान्ड्सलाई त्रिदेशीय क्रिकेटको कीर्तिमानले भरिएको फाइनलमा १४२ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो।युवा खेलाडीहरू कुशल भुर्तेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको राम्रो ब्याटिङको मद्दतले नेपालले तीन विकेट गुमाएर कीर्तिमानी २३८ रन बनाएको थियो।प्रतियोगिताको लीगका दुई खेलमध्ये एउटामा नेपाललाई हराएको नेदरल्यान्ड्सले १७।२ ओभरमा सबै १० विकेट गुमाएर ९६ रन मात्रै बनाउन सक्यो।यो नेपालको रनको हिसाबले सबैभन्दा ठूलो जित हो। यसअघि सबैभन्दा ठूलो जित भुटानविरुद्ध १४१ रनको थियो।नेदरल्यान्ड्सका लागि यो रनका हिसाबले सबैभन्दा ठूलो

    • प्रकाशित मितिः वैशाख ११, २०७८
    • 170 पटक पढिएको
  • नेपालद्धारा मलेसिया ६९ रनले पराजित

    काठमाडौं / त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको छ । नेपालको जितमा करण केसीको आक्रामक ब्याटिङ रहँदा  सोमपाल कामी र सन्दीप लामिछानेले समान ३ विकेट लिएका थिए ।टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो । २१८ रनको लक्ष्य पछ्याएको मलेसिया १९।१ ओभरमा १४८ रनमै अलआउट भयो ।नेपालका लागि सोमपाल कामी, कमल सिंह ऐरी र सन्दीप लामछानेले ३–३ विकेट लिए । सुशन भारीले १ विकेट लिएका थिए । करणले ४ ओभरमा २७ रन खर्चिए पनि विकेट लिन भने सकेनन् ।चारमध्ये तीन खेल जित्दै ६ अंक जोडेको नेपाल लिगको शीर्ष स्थानमा रहेर फाइनल

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • 103 पटक पढिएको
  • नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

    काठमाडौँ / त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाएर २१७ रन बनायो । विश्व कीर्तिमान बनाउने क्रममा रहनुभएका प्रारम्भिक ब्याटस्म्यान कुशल भुर्तेल पाँचौँ ओभरको पहिलो बलमा नै मुहम्मद वफिकका बलमा क्याच आउट भए । उनले १२ बल खेल्दै दुई छक्काका मद्दतमा १६ रन बनाएका छन् । यसअघिका तीन खेल९नेदरल्याण्डस, मलेसिया०मा लगातार अर्धशतक प्रहार गरी विश्व कीर्तिमान बनाएका भुर्तेल थप नयाँ कीर्तिमान बनाउनबाट भने चुके । 

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • 109 पटक पढिएको
  • कुशल आइसिसीको विश्व टि-२० वरियतामा

    काठमाडौं / नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को विश्व टि(२० वरियतामा पहिलो पटक परेका छन् ।आइसिसीले मंगलबार जारी गरेको नयाँ वरियतामा ब्याटिङतर्फ कुशल ९३ औं स्थानमा छन् । कुशलको ३ सय ५९ रेटिङ अंक छ ।त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत वैशाख ४ मा कुशलले नेदरल्यान्ड्ससँग डेब्यू गर्दै ६२ रनको इनिङ खेलेका थिए । टि२० आई त्रिकोणात्मक सिरिजमा डेब्यू गर्दै लगातार तीन अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएपछि कुशल आइसिसीको ब्याटिङको ९३ औं स्थानमा अटाएका छन् ।कुशल मलेसियासँग ६१ रन बनाउँदा नेदरल्यान्ड्सँग दोस्रो खेलमा ६२ रन बनाएका थिए । कुशल ट

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • 139 पटक पढिएको
  • क्रिकेटर कुशलले बनाए विश्व कीर्तिमान

    काठमाडौं / नेपाली क्रिकेटर कुशल भुर्तेलले लगातार तेस्रो टी–२० क्रिकेटमा अर्धशतक प्रहार गर्दै कीर्तिमान रचेका छन् ।नेदरल्यान्ड्सविरुद्धको तेस्रो खेलमा १३औँ ओभरको अन्तिम बलमा अर्यान दत्तको बलमा छक्का प्रहार गर्दै अर्धशतक बनाएका थिए । करिअरको पहिलो ३ टी–२० म्याचमा लगातार अर्धशतक प्रहार गर्ने उनी विश्वकै पहिलो ब्याट्सम्यान बनेका छन् । कुशलले आजको खेलमा १ छक्का र ८ चौकाको मद्धतमा ६२ रनको पारी खेले ।आजको खेलमा अर्धशतक बनाएका कुशल टी–२० क्रिकेटमा लगातार ३ अर्धशतक बनाउने पहिलो नेपाली खेलाडीसमेत बनेका छन् । उनले यसअघि नेदरल्यान्डविरुद्ध ६२ र मलेसियाविरुद्धको खेलमा नटआउट ६१ रनको पारी खेलेका थिए । अन्तर्

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 456 पटक पढिएको
  • मेयर कप फुटसल प्रतियोगिता वैशाख ९ देखि

    भक्तपुर / सूर्यविनायक नगरपालिकास्तरीय प्रथम मेयर कप फुटसल प्रतियोगिताको आयोजना हुने भएको छ । खेलकूदमार्फत युवाको शारीरिक तथा मानसिक विकास गर्ने उद्देश्यले आयोजना हुने सो प्रतियोगितामा १० वटै वडाको सहभागिता रहने छ । सूर्यविनायक–८ सिपाडोलस्थित सिपाडोल युवा समाजले आयोजना गर्ने प्रतियोगिताको तयारी पूरा भएको सुनपा–८ का वडाध्यक्ष किरण थापाले जानकारी दिएका छन् ।यही वैशाख ९ र १० गते आयोजना हुने प्रतियोगितामा ती वडाका ११ टिमबीच प्रतिस्पर्धा हुने समाजका अध्यक्ष नवराज भट्टराईले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद पुरस्कार रु एक लाख, द्वितीय पुरस्कार रु ५० हजार, सर्वाधिक गोलकर्तालाई रु

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 139 पटक पढिएको
  • प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खोटाङका ८४ खेलाडी

    खोटाङ / खोटाङमा १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत शुक्रबारदेखि जिल्लास्तरीय प्रतियोगिता शुरु भएको छ । जिल्लाका स्थानीय तहबाट छनोट भएर आएका खेलाडीबीच प्रतिस्पर्धा गराएर प्रदेशस्तरीय प्रतियोगिताका लागि ८४ जना खेलाडी पठाउने उद्देश्यले प्रतियोगिता शुरु गरिएको हो । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा तीनदिनसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका पाँच स्थानीय तहमा सञ्चालित माध्यमिक तहमा अध्ययनरत खेलाडी सहभागी भएका छन् । प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिका तथा ऐसेलुखर्क, रावोबेँसी र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका खेलाडी मात्र सहभागी भएका हुन् ।

    • प्रकाशित मितिः वैशाख ४, २०७८
    • 131 पटक पढिएको
  • जिल्लास्तरीय विद्यालय ब्याटमिन्टन प्रतियोगिता शुरु

    वाग्मती / वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि तीनदिने जिल्लास्तरीय विद्यालय ब्याटमिन्टन प्रतियोगिता शुरु भएको छ ।प्रदेश प्रहरी कार्यालय हेटौँडा र ब्याटमिन्टन सङ्घ मकवानपुरद्वारा संयुक्तरुपमा हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङस्थित सामुदायिक सेवा केन्द्रको कभर्ड हलमा आयोजित सो प्रतियोगिता उद्घाटन गर्दै हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले खेल क्षेत्रको विकासका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताएका छन् । उनले देशलाई विश्वसामु चिनाउन खेल क्षेत्र र खेलाडीको महत्वपूर्ण भूमिका रहेको भन्दै खेलकूद क्षेत्र र खेलाडीको समस्या समाधानका लागि उपमहानगरपालिका सधैँ तयार

    • प्रकाशित मितिः वैशाख ३, २०७८
    • 161 पटक पढिएको
  • राष्ट्रिय विभूति स्मृति कप भलिबल प्रतियोगिता हुने

    काठमाडौँ / प्रथम नेपाली महिला सगरमाथा आरोही एवं राष्ट्रिय विभूति पासाङल्हामु शेपा स्मृति कप भलिबल प्रतियोगिता आगामी वैशाख ८ देखि १० गतेसम्म खुम्बु पासाङल्हामु गाउँपालिका सुर्केमा गरिने भएको छ । ‘समान र सम्मान हाम्रो चाहना, विभेदरहित समाज हाम्रो परिकल्पना’ भन्ने सन्देशका साथ आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा पुरुषलाई गाउँस्तरीय र महिलालाई जिल्लास्तरीय तहबाट सहभागी गराइने छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय विभूति पासाङ ल्हामु शेपा स्मृति कप आयोजक समितिका संयोजक जाङबु शेर्पाले खेलकूदका माध्यमबाट त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन गरिने बताएका छन् । प्रतियोगितामा पहिलो, दोस्रो

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 126 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा