एजेन्सी / विश्वकपमा छनोट भइसकेको ब्राजिलले सानदार जित निकालेको छ । बुधबार बिहान भएको विश्वकप छनोट खेलमा ब्राजिलले बोलिभियालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

ब्राजिललाई सानदार जित दिलाउनको लागि रिर्चालिसन दुई गोल गरे भने लुकास पिक्वाइटाब्रुनो गुइमारेसले समन एक-एक गोल गरे । ब्राजिलले पहिलो हाफमा दुई गोल गरेका थियो भने दोस्रो हाफमा पनि दुई गोल थप्यो ।

OM Sai Pathibhara Hospital

खेलेको २४ औँ मिनेटमा पिक्वाइटाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा रिर्चालिसनले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे ।

६६ औँ मिनेटमा ब्रुनोले गोल गर्दै ब्राजिललाई ३-० ले अघि बढाए । इन्ज्युरी समयमा रिर्चालिसनले गोल गर्दै ब्राजिललाई सानदार जित दिलाए ।

यसै वर्ष कतारमा हुने विश्वकपमा स्थन पक्का गरिसकेको ब्राजिलको १७ खेलबाट ४५ अङ्क जोडेको छ । बोलिभियाले १८ खेलबाट १५ अङ्क जोडेर नबौं स्थानमा रहेको छ ।