एजेन्सी / सेनेगल विश्वकप छनोटमा छनोट भएको छ । गएराति भएको प्ले अफको दोस्रो लेगमा पेनाल्टी सुटआउटमा इजिप्टलाई ३९१ गोल पराजित गर्दै सेनेगल विश्वकपमा छनोट भएको हो ।

सेनेगल पहिलो लेगमा इजिप्टसँग १-० गोल अन्तरले पराजित भएको थियो । दोस्रो लेगमा बोउलाए डियाले गोल गर्दै सेनेगललाई १-० को जित दिलाएका थिए । खेलको निर्धारित समय र अतिरिक्त समयमा इजिप्टले गोल फर्काउन नसक्दा खेल पेनाल्टीमा धकेलिएको थियो ।

OM Sai Pathibhara Hospital

पेनाल्टीमा सेनेगलका साडियो माने, बाम्बाइस्माइला सारले गोल गरे । इजिप्टका अमर इल सोलियाले मात्र गोल गरे । इजिप्टका मोहमद सलाह, मोस्ताफा मोहमद र अहमेद सायद पेनाल्टीमा चुकेका थिए । सेनेगलसँगै क्यामरुन, घाना, मोरक्को र ट्युनिसिया समेत अफ्रिकाबाट विश्वकपमा छनोट भएका छन् ।