काठमाडौँ /  बायाँ घाटी मुनिको हट्टीमा चोट लागेर घाइते भएका नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर कमलसिंह ऐरीको आइतबार बिहान शल्यक्रिया गरिएको छ । त्रिदेशीय शृङ्खला अन्तर्गत शनिबार मलेसियासँग भएको खेलमा घाइते भएका उनको कलङ्कीस्थित नेपाल नेशनल अस्पतालमा  शल्यक्रिया गरिएको हो ।

उनको नेशनल अस्पतालका डा. निरज केसी र डा. निरञ्जन सुवेदीको टोलीले शल्यक्रिया गरेको छ भने उनलाई निको हुन ६ हप्ता लाग्ने  बताइएको छ  ।

OM Sai Pathibhara Hospital

मध्यम गतिका बलर २१ वर्षीय ऐरीले दुई वर्षदेखि राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् । उनले राष्ट्रिय टोलीबाट तीन वटा एकदिवसीय र १० वटा टी–२० खेल खेलिसकेका छन्।