एजेन्सी / पोर्चुगल र पोल्यान्ड फिफा विश्वकप २०२२ का लागि छनोट भएका छन् । युरोपियन छनोटको प्लेअफमा आ-आफ्ना खेल जित्दै दुवै टिमले विश्वकपमा स्थान पक्का गरका हुन् ।

पोर्चुगलले मंगलबार राति भएको प्लेअफमा नर्थ म्यासेडोनियालाई २-० गोलले र पोल्याण्ड पनि २-० गोलले स्विडेनलाई पराजित गर्दै विश्वकपमा छनौट भएका हुन् ।

OM Sai Pathibhara Hospital

पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेजले गरेका थिए । पोर्चुगल लगातार छैटौँ पटक विश्वकपमा छनोट भएको हो । अब कप्तान रोनाल्डोले करिअरको पाँचौ विश्वकप खेल्नेछन् ।

अर्को प्लेअफमा स्विडेनलाई २-० गोलले पराजित  गर्ने क्रममा पोल्यान्डका लागि लेवान्डोस्कीले ४९ मिनेटमा पेनाल्टी मार्फत र जिलेन्स्कीले ७२ मिनेटमा गोल गरेका थिए ।