काठमाडौं / त्रिकोणात्मक टी-२० शृङ्खलामा मलेसिया नेपालसँग पराजित भएको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा मलेसिया नेपालसँग ६ विकेटले पराजित भएको हो ।

नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक बनाउन सफल भएका थिए । आसिफले ५७ रन बनाएपछि मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले सहजै पार गर्न सफल भएको थियो ।

OM Sai Pathibhara Hospital

आसिफले ३८ बलमा ७ चौका र १ छक्का प्रहार गरे । टी-२० मा डेब्यु गरेका दिलिप नाथले ७ बलमा ३ चौका बनाउँदै अविजित १५ रन बनाएका थिए ।

यसअघिको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई १५ रनले हराएको थियो । पहिलो खेलमा पपुवा न्यूगिनीलाई पराजित गरेको मलेसियाको भने यो पहिलो हार हो ।