नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक बनाउन सफल भएका थिए । आसिफले ५७ रन बनाएपछि मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले सहजै पार गर्न सफल भएको थियो ।
आसिफले ३८ बलमा ७ चौका र १ छक्का प्रहार गरे । टी-२० मा डेब्यु गरेका दिलिप नाथले ७ बलमा ३ चौका बनाउँदै अविजित १५ रन बनाएका थिए ।
यसअघिको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई १५ रनले हराएको थियो । पहिलो खेलमा पपुवा न्यूगिनीलाई पराजित गरेको मलेसियाको भने यो पहिलो हार हो ।



































