बिर्तामोड / त्रिकोणात्मक टी-ट्वेन्टी अन्तर्राष्ट्रिय शृङ्खलामा घरेलु टोली नेपालले आज आफ्नो दोस्रो खेल मलेसियासँग खेल्दैछ । खेल किर्तिपुरस्थित टियु मैदानमा अपरान्ह साढे १२ बजे शुरु हुनेछ ।

शृङ्खलामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई हराएको थियो । पहिलो खेलमा देखिएको सुधारिएको ब्याटिङलाई निरन्तरता दिदै नेपाल बलिङमा भने सुधार गर्न चाहन्छ ।

OM Sai Pathibhara Hospital

मलेसिया र नेपालबीच टी-ट्वेन्टी खेल भएको छ । जसमा नेपाल ६ खेलमा विजयी हुँदा १ खेलमा पराजित भएको छ ।

नेपाली टोली
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, अभिनाश बोहरा, विवेक यादव, दीलिप नाथ, लोकेश बम, कुशल मल्ल, रोहित पौडेल र आदिल अन्सारी ।