बिर्तामोड / त्रिकोणात्मक टी-ट्वेन्टी अन्तर्राष्ट्रिय शृङ्खलामा घरेलु टोली नेपालले आज आफ्नो दोस्रो खेल मलेसियासँग खेल्दैछ । खेल किर्तिपुरस्थित टियु मैदानमा अपरान्ह साढे १२ बजे शुरु हुनेछ ।
शृङ्खलामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई हराएको थियो । पहिलो खेलमा देखिएको सुधारिएको ब्याटिङलाई निरन्तरता दिदै नेपाल बलिङमा भने सुधार गर्न चाहन्छ ।
मलेसिया र नेपालबीच टी-ट्वेन्टी खेल भएको छ । जसमा नेपाल ६ खेलमा विजयी हुँदा १ खेलमा पराजित भएको छ ।



































