दमक । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब दमक गोल्डकपको अन्तिम  चरणमा  प्रवेश गरेको छ ।

क्यामरुनको एभिनियर फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा आफे स्थान सुरक्षित गरेको हो ।

OM Sai Pathibhara Hospital

खेल गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरबाट खेलको निर्णय लिइएको थियो ।

टाइब्रेकरमा क्यामरुनका जोस्पिन गोल गर्न चुकेपछि पुलिस विजयी भएको थियो । टाइब्रेकरमा पुलिसका अजित भण्डारी, निरकुमार राई, कप्तान सुमन सुवेदी, सौजन याक्खा र जुमानु राईले गोल गरे । जितसँगै पुलिसले सेमिफाइनलमा गोर्खा ब्वाइज क्लब रुपन्देहीको सामना गर्नेछ ।

क्यामरुनी टोलीका लागि टाइब्रेकरमा मार्सेल, बेल, टोबेट र मार्टिनले गोल गरे । जोस्पिनको प्रहार भने गोल हुन सकेन । दुवै टोलीले आक्रमक खेल खेलेका थिए ।यद्यपि निर्धारित समयमा गोल हुन सकेन ।

सोमबारको खेलको म्यान अफ द म्याच पुलिसका अञ्जन राई घोषित भए । उनले नगद दश हजार प्राप्त गरे । म्यान अफ दि म्याचको पुरस्कार दमकस्थित झापा मोडल स्कुलले प्रायोजन गरेको हो । यो खेलसँगै क्वाटरफाइनलका चरण पूरा भएका छन्।

मंगलबारदेखि सेमिफाइनलका चरणका खेलहरु हुनेछन्।मंगलबारको पहिलो सेमिफाइनल खेल मनामस्र्याङ्ी क्लब र मानेभञ्ज्याङ क्लब दार्जिलिङबीच हुने आयोजकल जनाएको छ ।

क्वाटरफाइनलमा मनाङले बागमती युथ क्लबलाई पराजित गरेको थियो भने माने भञ्ज्याङले आर्मीलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।