बिर्तामोड / नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी टी २० क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।

काठमाण्डौको त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी २० शृङ्खलामा मलेसिया विरुद्धको खेलमा २१ रन बनाएसँगै उनले नेपालका लागि टि २० खेलमा उनले कूल ८०३ रन पुर्याएका छन् । ८०३ रन बनाए सँगै सर्वाधिक रन बनाउने उनी नेपाली खेलाडी भएका हुन् ।  

OM Sai Pathibhara Hospital

दीपेन्द्रले ३६ खेलबाट ३१ इनिङ्समा ब्याटिङ गर्दै ३ अर्धशतक मद्दतमा उपलब्धि हासिल गरेका हुन् ।

नेपाली क्रिकेटमा आफ्नो नाममा रेकर्ड बनाउने क्रममा उनले आफ्ना पूर्व कप्तान पारस खड्कालाई समेत पछि पारेका छन् । पारसले ३३ खेल खेल्दै १ शतक र ४ अर्धशतक मद्दतमा ७९९ रन बनाएका थिए ।