खेलकुद

    Showing १,२५१-१,२६० of १,६४७ items.
  • कतारमा हुने विश्वकप फुटबलमा ७ नयाँ प्रविधिको प्रयोग गरिदै

    काठमाडौं / कतारमा आयोजना गरिएको आगामी नोभेम्बरमा हुने फुटबल विश्वकप खेलमा ७ नयाँ प्रविधिको प्रयोग गरिने भएको छ । आउनुहोस्  हामी यिनै विषयमा चर्चा गर्दैछौँ । १. कुलिङ प्रविधि कतारमा आयोजना हुने विश्वकपको विषयमा सबैभन्दा ठूलो चुनौती भनेकै त्यहाँको मौसम हो । खाडी मुलुक भएकाले कतारको तापक्रम धेरै हुनु स्वभाविक नै हो ।विश्वकप नोभेम्बर महिनामा सुरु हुनेछ । धेरै तापक्रममा खेल खेल्न नसकिने तर्क आएपछि प्रकृतिको यो चुनौतीलाई कतारले कुलिङ प्रविधि मार्फत सामना गर्दैछ ।कतारले विश्वकपको लागि प्रयोग हुने सबै स्टेडियमहरूमा कुलिङ प्रविधिको व्यवस्थापन गरिरहेको छ । सन् २०१० देखि नै कतारको सुप

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • २४१ पटक पढिएको
  • रियल मड्रिड चेल्सी सँग ३-२ अन्तरले पराजित

    एजेन्सी / युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वार्टरफाइनलको दोस्रो लेगमा रियल मड्रिड क्लब चेल्सीसँग ३-२ अन्तरले पराजित भए पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।मंगलबार  राति घरेलु मैदानमा रियल पराजित भए पनि समग्रमा ५-४ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो । पहिलो लेगमा चेल्सी घरेलु मैदानमा ३-१  अन्तरले पराजित भएको थियो । चेल्सीले लगातार तीन गोल गर्दै खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । तर त्यसलाई जोगाउन भने सकेन । रियलको लागि करिम बेन्जेमा र रोड्रीगोले गोल गरे ।  १५ औँ मिनेटमा मिसन माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ५१ औँ मिनेटमा रुडिगरले गोल गर्दा चेल्स

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • २८४ पटक पढिएको
  • एएफसी फुटसल एसियन कप : समूह चरणबाट बाहिरियो नेपाल

    काठमाडौँ / एएफसी फुटसल एसियन कप छनोटको दोस्रो खेलमा नेपाल ताजकिस्तानसँग पराजित भएको छ । किर्गिजस्तानमा आज भएको खेलमा नेपाल ताजकिस्तानसँग ११–१ गोलअन्तरले पराजित भएको हो । लगातार दोस्रो खेलमा पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपाल र ताजकिस्तानले पहिलो हाफमा १–१ गोलको बराबरी खेलेका थिए । दोस्रो हाफमा भने ताजकिस्तानले १० गोल गर्न पुग्यो । नेपालका लागि खेलको तेस्रो मिनेटमा अदिल हमिदले गोल गरेका थिए । यसअघि नेपाल आइतबार उज्वेकिस्तानसँग ५–१ गोलअन्तरले पराजित भएको थियो । समूह ‘बी’ मा रहेको नेपालले अब मङ्गलबार समूहचरणको अन्तिम खेलमा अफगानिस्तानसँग प्रतिष्पर्धा गर्नेछ । 

    • प्रकाशित मितिः चैत २८, २०७८
    • २७१ पटक पढिएको
  • नेमार र एमबाप्पेको ह्याट्रिकमा पिएसजीको जित

    एजेन्सी / फ्रान्सको प्रिमियर लिग फुटबल लिग वानमा शनिबार राती भएको खेलमा पेरिस सेन्ट जर्मन ९पीएसजी०ले क्लरमन्टलाई ६–१ गोलले हराउन सफल भएको छ । क्लरमन्टको मैदानमा भएको खेलमा पिएसजीका केलियन एमबाप्पे र नेमारले ह्याट्रिक गरेका थिए भने लियोनल मेस्सीले तीनवटा एसिस्ट गरेका थिए ।एमबाप्पेको दुई र नेमारको एक गोलमा उनले एसिस्ट गरेका हुन् । नेमारको तेस्रो खेलमा एमबाप्पे र एमबाप्पेको तेस्रो गोलमा नेमारले एसिस्ट गरेका थिए ।अघिल्लो खेलमा लोरियन्टलाई ५-१ गोलले हराएको थियो । त्यस खेलमा नेमार र एमबाप्पेले दुई दुई तथा मेस्सीले एक गोल गरेका थिए भने एमबाप्पेले तीन गोलमा एसिस्ट पनि गरेका थिए ।

    • प्रकाशित मितिः चैत २७, २०७८
    • २२५ पटक पढिएको
  • बराबरीमा रोकियो बार्सिलोना

    एजेन्सी / इएफए युरोपा लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा बार्सिलोना जर्मन क्लब फ्रान्कफुर्टसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा खेलमा बार्सिलोना र फ्रान्कफुर्ट १–१ गोलको बराबरीमा रोकिएका हुन् ।फ्रान्कफुर्टका लागि खेलको ४८औं मिनेटमा अन्सगर क्नुफले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने बार्सिलोनाका लागि खेलको ६६औं मिनेटमा फेरान टोरेजले गोल गर्दै बराबरी गरेका थिए ।यस खेलमा खेलको ७८ औं मिनेटमा फ्रान्कफुर्टका टुटाले रातो कार्ड पाएपछि फ्रान्कफुर्ट १० खेलाडीमाया सिमित भएको थियो । अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १५ मा बार्सिलोनाको घरेलु मैदानमा हुने छ ।

    • प्रकाशित मितिः चैत २५, २०७८
    • १८९ पटक पढिएको
  • बेलायतको क्रिकेट क्लबमा नेपाली प्रशिक्षकको नियुक्ति

    एजेन्सी / बेलायतस्थित प्रतिष्ठित क्रिकेट क्लबमा एक जना नेपालीले प्रशिक्षकको रुपमा काम गर्ने अवसर पाएका छन् । योर्कशारस्थित फ्रिक्ली कोलियरी क्रिकेट क्लबले एक विज्ञप्ति जारी गर्दै ३२ वर्षीय आकाश रावल अण्डर-११ तर्फको प्रशिक्षकमा नियुक्त भएको घोषणा गरेको हो ।डिस्टिक लिगतर्फ ३ सिनियर र ४ जुनियर टोलीले खेलिरहेको सो क्लब योर्कशार क्षेत्रको डिभिजन वानको र्‍याङकिङमा रहेको छ ।नेपालमा कैलाली, टीकापुर घर भएका रावल सन् २०२० देखि क्लबको पहिलो टिम अन्तर्रगत टप अडरको ब्याचम्यानको रुपमा खेल्दै आएका छन् । उनले सन् २००९ मा बेलायतको सरे एण्ड मिडिलसेक्स लिगमा आइजलवर्थ कल्वबाट ‘योङ प्लेयर अफ दी इयर’ को टाइटल जितेक

    • प्रकाशित मितिः चैत २३, २०७८
    • २०८ पटक पढिएको
  • कुम्मायक-कुस्सायक गोल्डकप चैत २८ देखी भारत सहित ८ टिम सहभागी

    पाँचथर / पाँचथरको कुम्मायक गाउँपालिकामा कुम्मायक-कुस्सायक अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता चैत २८ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगितामा भारत सहित आठ टिमको सहभागिता रहने आयोजक  सयपत्री क्लबले जनाएको छ ।  कुम्मायक-१, यासोकस्थित पृथ्वी माविको खेलमैदानमा हुने प्रतियोगिताको पहिलो दिन आयोजक सयपत्री क्लब र ब्रदर्श युनाइटेड क्लब झापा बिच भिड्ने छन् । प्रतियोगिताको विजेताले नगद ३ लाख ३३ हजार ३३३ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछ ।हरेक खेलको म्यान अफ दि म्याचलाई नगद ५ हजार रुपैयाँ र विद्यालयगत तर्फका उत्कृष्टलाई जनही ८ हजार रुपैया

    • प्रकाशित मितिः चैत २२, २०७८
    • ३५३ पटक पढिएको
  • प्रदेश १ : खेलकुद बोर्डको उपाध्यक्षमा पत्रकार कार्की नियुक्त

    विराटनगर / एक नम्बर प्रदेश सरकारले प्रदेश खेलकुद बोर्डको उपाध्यक्षमा विराटनगरमा सकृय पत्रकार जीनाजंग कार्कीलाई नियुक्त गरेको छ । सोमबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले कार्कीलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।नेपाल टाईम्समा कार्यरत पत्रकार कार्की सत्तारुढ दल नेपाली कांग्रेसको कोटामा उपाध्यक्षमा नियुक्ति भएकी हुन् । त्यसैगरि बैठकले बोर्डको सदस्य सचिवमा नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका पूर्व भलिबल खेलाडी हंशराज वाग्लेलाई  नियुक्त गरेको छ । उनले राष्ट्रिय पुरुष बलिबल टोलीबाट मुलुकका लागि खेल खेलिसकेका छन् । सोमबारकै बैठकले बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतलाई सरकारला

    • प्रकाशित मितिः चैत २२, २०७८
    • २०६ पटक पढिएको
  • पीएनजीलाई हराउँदै नेपालले जित्यो त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि

    काठमाडौँ  / नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलाको उपाधि जितेको छ । पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै नेपालले उपाधि जितेको हो ।नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको पीएनजी १६ ओभर १ बलमा एक सय १८ रन बनाउँदा अलआउट भयो । पीएनजी लागि सेसे बाउले सर्वाधिक ५९ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । चार ओभर बलिङ गरेका दीपेन्द्रले १८ रन दिएर चार विकेट लिए । यस्तै करण केसीले तीन र सन्दीप लामिछानेले दुई विकेट लिए ।यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६८ रन बनायो । 

    • प्रकाशित मितिः चैत २१, २०७८
    • १७४ पटक पढिएको
  • दिपेन्द्र बने १ हजार रन बनाउने पहिलो नेपाली

    काठमाडौँ / नेपालको इतिहासमा नै क्रिकेटर दिपेन्द्र सिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन ल्याउने पहिलो नेपाली बन्न सफल भएका छन् । त्रिवि क्रिकेट मैदानमा जारी टी–२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनी (पिएनजी) विरुद्ध २१ रन बनाएका कारण उनले नयाँ कीर्तिमान बनाउन सफल भएका हुन् । दिपेन्द्रले जारी खेलमा पीएनजी विरुद्ध १३ औं ओभरमा २१ रन बनाउँदै हालसम्म टी–२० मा ३९ खेल खेलेर १ हजार रन पूरा गरेका हुन् ।  उनी यसै क्रममा १ शतक र ४ अर्धशतकको रेकर्ड समेत सफल बनेका छन् ।

    • प्रकाशित मितिः चैत २१, २०७८
    • २५९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.