काठमाडौँ / नेपालको इतिहासमा नै क्रिकेटर दिपेन्द्र सिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन ल्याउने पहिलो नेपाली बन्न सफल भएका छन् । त्रिवि क्रिकेट मैदानमा जारी टी–२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनी (पिएनजी) विरुद्ध २१ रन बनाएका कारण उनले नयाँ कीर्तिमान बनाउन सफल भएका हुन् । 

दिपेन्द्रले जारी खेलमा पीएनजी विरुद्ध १३ औं ओभरमा २१ रन बनाउँदै हालसम्म टी–२० मा ३९ खेल खेलेर १ हजार रन पूरा गरेका हुन् ।  उनी यसै क्रममा १ शतक र ४ अर्धशतकको रेकर्ड समेत सफल बनेका छन् ।