एजेन्सी / फ्रान्सको प्रिमियर लिग फुटबल लिग वानमा शनिबार राती भएको खेलमा पेरिस सेन्ट जर्मन ९पीएसजी०ले क्लरमन्टलाई ६–१ गोलले हराउन सफल भएको छ । 

क्लरमन्टको मैदानमा भएको खेलमा पिएसजीका केलियन एमबाप्पे र नेमारले ह्याट्रिक गरेका थिए भने लियोनल मेस्सीले तीनवटा एसिस्ट गरेका थिए ।

OM Sai Pathibhara Hospital

एमबाप्पेको दुई र नेमारको एक गोलमा उनले एसिस्ट गरेका हुन् । नेमारको तेस्रो खेलमा एमबाप्पेएमबाप्पेको तेस्रो गोलमा नेमारले एसिस्ट गरेका थिए ।

अघिल्लो खेलमा लोरियन्टलाई ५-१ गोलले हराएको थियो । त्यस खेलमा नेमार र एमबाप्पेले दुई दुई तथा मेस्सीले एक गोल गरेका थिए भने एमबाप्पेले तीन गोलमा एसिस्ट पनि गरेका थिए ।