काठमाडौँ / एएफसी फुटसल एसियन कप छनोटको दोस्रो खेलमा नेपाल ताजकिस्तानसँग पराजित भएको छ । 

किर्गिजस्तानमा आज भएको खेलमा नेपाल ताजकिस्तानसँग ११–१ गोलअन्तरले पराजित भएको हो । 

OM Sai Pathibhara Hospital

लगातार दोस्रो खेलमा पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपाल र ताजकिस्तानले पहिलो हाफमा १–१ गोलको बराबरी खेलेका थिए । दोस्रो हाफमा भने ताजकिस्तानले १० गोल गर्न पुग्यो । 

नेपालका लागि खेलको तेस्रो मिनेटमा अदिल हमिदले गोल गरेका थिए । यसअघि नेपाल आइतबार उज्वेकिस्तानसँग ५–१ गोलअन्तरले पराजित भएको थियो ।

समूह ‘बी’ मा रहेको नेपालले अब मङ्गलबार समूहचरणको अन्तिम खेलमा अफगानिस्तानसँग प्रतिष्पर्धा गर्नेछ ।