एजेन्सी / युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वार्टरफाइनलको दोस्रो लेगमा रियल मड्रिड क्लब चेल्सीसँग ३-२ अन्तरले पराजित भए पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार  राति घरेलु मैदानमा रियल पराजित भए पनि समग्रमा ५-४ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो । 

OM Sai Pathibhara Hospital

पहिलो लेगमा चेल्सी घरेलु मैदानमा ३-१  अन्तरले पराजित भएको थियो । चेल्सीले लगातार तीन गोल गर्दै खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । तर त्यसलाई जोगाउन भने सकेन । रियलको लागि करिम बेन्जेमा र रोड्रीगोले गोल गरे ।  

१५ औँ मिनेटमा मिसन माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ५१ औँ मिनेटमा रुडिगरले गोल गर्दा चेल्सी २-० अन्तरले अग्रता बनायो । टिमो बार्नरले ७५ औँ मिनेटमा गोल गर्दै चेल्सीलाई ३-० को अग्रता दिलाएका थिए ।