पाँचथर / पाँचथरको कुम्मायक गाउँपालिकामा कुम्मायक-कुस्सायक अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता चैत २८ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगितामा भारत सहित आठ टिमको सहभागिता रहने आयोजक  सयपत्री क्लबले जनाएको छ ।

 कुम्मायक-१, यासोकस्थित पृथ्वी माविको खेलमैदानमा हुने प्रतियोगिताको पहिलो दिन आयोजक सयपत्री क्लब र ब्रदर्श युनाइटेड क्लब झापा बिच भिड्ने छन् । प्रतियोगिताको विजेताले नगद ३ लाख ३३ हजार ३३३ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछ ।

OM Sai Pathibhara Hospital

हरेक खेलको म्यान अफ दि म्याचलाई नगद ५ हजार रुपैयाँ र विद्यालयगत तर्फका उत्कृष्टलाई जनही ८ हजार रुपैयाँ प्रदान गरिने आयोजक सयपत्री क्लबका अध्यक्ष शिव लाओतीले जानकारी दिए ।

त्रिशाली पूजा तथा मेलाको अवसरमा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कपसँगै भलिबल र ब्याडमिन्टन प्रतियोगिता, स्रष्टा सम्मान साथै विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरूको आयोजना गरिने कुम्मायक-१, का वडा अध्यक्ष एवं पूजा तथा मेला मूल समारोह समितिका अध्यक्ष देवेन्द्र कुमार लाओतीले बताए ।