एजेन्सी / इएफए युरोपा लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा बार्सिलोना जर्मन क्लब फ्रान्कफुर्टसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा खेलमा बार्सिलोना र फ्रान्कफुर्ट १–१ गोलको बराबरीमा रोकिएका हुन् ।

फ्रान्कफुर्टका लागि खेलको ४८औं मिनेटमा अन्सगर क्नुफले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने बार्सिलोनाका लागि खेलको ६६औं मिनेटमा फेरान टोरेजले गोल गर्दै बराबरी गरेका थिए ।

OM Sai Pathibhara Hospital

यस खेलमा खेलको ७८ औं मिनेटमा फ्रान्कफुर्टका टुटाले रातो कार्ड पाएपछि फ्रान्कफुर्ट १० खेलाडीमाया सिमित भएको थियो । अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १५ मा बार्सिलोनाको घरेलु मैदानमा हुने छ ।