खेलकुद

    Showing 1,241-1,250 of 1,313 items.
  • पोर्चुगललाई पछि पार्दै जर्मनीको सानदार जित

    बिर्तामोड / जारी युरोपेली च्याम्पियनसिपमा जर्मनीले साविक विजेता पोर्चुगललाई ४–२ को फराकिलो अन्तरले पराजित गरेको छ । शनिबार राति समुह एफ अन्तर्गत भएको खेलमा जर्मनीले पोर्चुगललाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।पहिलो खेलमा जर्मनी फ्रान्ससँग १–० ले पराजित भएको थियो । पोर्चुगलले हंगेरी माथि ३–० को जित निकाली युरोकपमा उत्कृष्ट सुरुवात लिएको थियो । समूहको आफ्नो दोस्रो खेलमा जर्मनीबाट पराजित भएपछि पोर्चुगल अङ्कतालिकाको तेस्रो स्थानमा झरेको छ । यस समूहमा फ्रान्स चार अङ्कका साथ शीर्ष स्थानमा छ ।जर्मनी र पोर्चुगलले समान दुई खेलबाट तीन/तीन अङ्क जोडेका छन् । गोलअन्तरमा जर्मनी दोस्रो स्थानमा रहेको छ । एक

    • प्रकाशित मितिः असार ६, २०७८
    • 403 पटक पढिएको
  • एसियन कप छनोटमा नेपाल तेस्रो चरणमा प्रवेश

    बिर्तामोड / नेपाल एसियन कप २०२३ को तेस्रो चरणमा पुगेको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले नियम परिवर्तन गरेपछि नेपाल एसियनको तेस्रो चरणमा सिधा पुग्न सफल भएको हो ।एएफसीले नयाँ नियमअनुसार दोस्रो चरणको छनोटमा समूहमा उत्कृष्ट चार भित्र पर्न नसकेका दोस्रो भएका तीन टिम, समूहमा तेस्रो र चौथो भएका १६ टिम र पाँचौ भएका उत्कृष्ट तीन टिम गरी २२ टिमलाई सिधा तेस्रो चरणमा प्रवेश दिने निर्णय गरेको हो ।फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटको दोस्रो चरणको प्रतिस्पर्धा सकिएको भोलिपल्ट एएफसीले नयाँ नियम सार्वजनिक गरेको हो ।कोरोना कारण दोस्रो चरणको छनोटको खेल एक वर्ष रोकिएका कारण

    • प्रकाशित मितिः असार २, २०७८
    • 186 पटक पढिएको
  • युरोकप फुटबल : आज तीन खेल हुँदै

    काठमाडौँ / १६ औं संस्करणको युरोकप फुटबलमा आज (बुधबार) तीन खेलहरु हुँदैछन्। युरोपका विभिन्न ११ शहरमा आयोजना भइरहेको युरोकपमा आज समूह ‘ए’ को दुई खेल र समूह ‘बी’ को एक खेल हुनेछ।आज हुने पहिलो खेलमा फिनल्याण्ड र रुसबीच प्रतिस्पर्धा हुनेछ। समूह ‘बी’ मा रहेको फिनल्याण्ड र रुसबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ। फिनल्याण्ड लगातार दोस्रो जीत निकाल्ने योजनामा हुनेछ। पहिलो खेलमा फिनल्याण्डले डेनमार्कलाई १–० ले हराएको थियो । ३ अंक जोडेको फिनल्याण्ड समूहको दोस्रो स्थानमा रहेको छ।रुस भने पहिलो जीत निकाल्ने योजनामा हुनेछ। पहिलो खेलमा रुस बेल्जियमसँग ३–० गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा वेल्स र टर्

    • प्रकाशित मितिः असार २, २०७८
    • 203 पटक पढिएको
  • राष्ट्रिय महिला भलिबलको प्रशिक्षण आजदेखि शुरु

    काठमाडौँ  / राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण आजदेखि शुरु हुँदैछ । कोरोना महामारीका कारण गत जेठ २१ गतेदेखि शुरु हुनुपर्ने प्रशिक्षण स्थगन गरिएको थियो ।प्रशिक्षणका लागि टोलीका अधिककांश खेलाडी काठमाडौँ आइसकेको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए । बन्द प्रशिक्षणका लागि टोलीमा परेका केही खेलाडी काठमाडौँ आउने क्रममा छन् । सङ्घले गत चैतमा सम्पन्न एनभीए क्लब भलिबल लिगबाट ३० खेलाडी छनोट गरी प्रशिक्षणमा सहभागी गराउने निर्णय गरेको थियो ।जेठ १४ गते बसेको सङ्घको बैठकले जगदीशप्रसाद भट्टलाई प्रशिक्षणको जिम्मेवारी सुम्पेको हो । सङ्घका उपाध्यक्ष निरोज मास्के, प्रशिक्षक भट्

    • प्रकाशित मितिः असार १, २०७८
    • 113 पटक पढिएको
  • कोपा अमेरिका कप : मेसीको अर्जेन्टिना बराबरीमा रोकियो

    बिर्तामोड / एक साता अघि मात्रै विश्वकप छनोटमा चिलीसँग बराबरीमा रोकिएको स्टार फुटबलर लियोनेल मेसीको अर्जेन्टिना कोपा अमेरिका कपको जारी प्रतियोगितामा पनि बराबरीमा नै रोकिएको छ  ।प्रतियोगिता अन्तर्गत नेपाली समय अनुसार आज बिहान भएको खेलमा चिलीले अर्जेन्टिनालाई बराबरीमा रोेकेको हो ।प्रतियोगिताको पहिलो हाफको ३३ औं मिनेटमा अर्जेन्टीनाका कप्तान लियोनेल मेसीले पहिलो गोल गरेका थिए । मेसीले पाएको फ्रिकमा सानदार गोल गर्दै उनले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।पहिलो हाफमा एक गोलको अग्रता कायम गरेको अर्जेन्टिनालाई दोस्रो हाफको ५७ मिनेटमा चिलीका भर्गासले गोल गर्दै बराबर बनाएका थिए । डि बक्स भित्र फल भ

    • प्रकाशित मितिः असार १, २०७८
    • 144 पटक पढिएको
  • यस्तो छ युरो कपको खेल तालिका र समय !

    बिर्तामोड / कोभिड १९ को  महामारीको कारण एक वर्षपछि सरेको मिनी विश्वकपका रुपमा चिनिएको युरोपेली राष्ट्रबीचको युरोकप  फुटबल प्रतियोगिता शुक्रबार राति बाट सुरु हुने भएको छ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए)ले लन्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट,, कोपनहेगन, ग्लास्गो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा गरी ११ सहरमा प्रतियोगिता आयोजना गर्न लागेको हो । यसपटक देखि युरोकपमा २४ राष्ट्रको सहभागिता रहेको छ । समूह विभाजनसमूह ‘ए’ – (रोम/बाकु) – टर्की, इटाली (आयोजक), वेल्स र स्विट्जरल्यान्डसमूह ‘बी’ – (कोप

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 210 पटक पढिएको
  • मेसीलाई पछी पार्दै अघि वढे क्षेत्री

    बिर्तामोड/ भारतीय फुटवल खेलाडी सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय गोल संख्यामा अर्जेन्टीनाका खेलाडी समेत रहेका फुटवल स्टार लियोनल मेसीलाई पछि पारेका छन् । कतारको दोहास्थित जसिम बिन हमाद रंगशालामा विश्वकप छनौट अन्तरगत भएको बंगलादेशसँगको खेलमा २ गोल गर्दै क्षत्रीले मेसीलाई पछि पारेका हुन् ।बंगलादेशसँगको खेलमा क्षेत्रीले ७९औं र ९२औं मिनेटमा गोल गर्दै भारतलाई जित दिलाएसँगै आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ७४ पुर्‍याएका हुन् । क्षेत्रीले यूएईका अली माबखौतलाई पनि उछिनेका छन् । माबखौतले यसै साता भएको खेलमा २ गोल गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या ७३ पुर्‍याएका थिए । सन् २००५ को जुन १२ मा डेब्यु गरेक

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 121 पटक पढिएको
  • विश्वकप छनौट : आज नेपाल र जोर्डन भिड्दै

    बिर्तामोड / फिफा विश्वकप कतार २०२२ तथा एसियन कप २०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा आज नेपालले जोर्डनसँग खेल्दै छ। नेपालले र जोर्डन बिचको खेल आज राति ९:४५ बजे कुवेतको जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा हुदैछ ।चाइनिज ताइपेईलाई २–० ले हराएको नेपाल उच्च मनोबलसहित मैदान उत्रने छ। छनोटको समूह बीमा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ। नेपाल तालिकाको चौंथो स्थानमा छ। जोर्डन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा छ।नेपालले जोर्डनविरुद्ध हालसम्म तीन खेल खेलेको छ। जसमध्ये नेपालले जोर्डनसँगका दुई खेल गुमाएको छ। एक खेल भने बराबरी खेलेको छ। नेपालले सन् २०११ को जुलाईमा जोर्डनसँग खेलेको थियो।जुलाई २३ मा

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • 132 पटक पढिएको
  • विश्वक छनौटमा ब्राजिलको उत्कृष्ट प्रदर्शन

    काठमाडौं  / फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकन छनोटमा ब्राजिलको उत्कृष्ट प्रदर्शन जारी छ । लगातार पाँचौ खेलमा जित हात पार्ने क्रममा ब्राजिलले शनिबार विहान सकिएको खेलमा इक्वेइडरलाई २–० गोलले पराजित गरेको छ ।ब्राजिलको जितमा रिचार्लीसनले खेलको ६५ मिनेटमा पहिलो गोल गरेका थिए। नेइमारले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा पेनाल्टीबाट दोस्रो गोल गर्न सफल भएका हुन् ।दक्षिण अमेरिकन छनोटको शीर्ष स्थानमा रहेको ब्राजिलले लगातार पाँचौ जित निकाल्दै १५ अंक जोड्न सफल भयो । दोस्रो स्थानको अर्जेन्टिनाको पाँच खेलबाट ११ अंक छ। अर्जेन्टिनाले तीन खेलमा जित निकाल्दा दुई खेलमा बराबरी खेलेको छ ।तेस्रो

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • 229 पटक पढिएको
  • विश्वकप फुटबल छनोट : चाइनिज ताइपेई विरुद्ध नेपालको जित

    काठमाडौँ / चाइनिज ताइपेई विरुद्धको खेलमा नेपाल विजयी भएको छ । कुवेतको जाबेर अल अहमद  मैदानमा बिहीबार राति भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोल अन्तरले पराजित गरेको हो । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले ताइपेईविरुद्धको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरेका हुन् । खेलको चौंथो मिनेटमा नै विष्टले पेनाल्टीमार्फत गोल गरेका हुन् । सन्तोष तामाङले प्रहार गरेको फ्रिकिक ताइपेईका चेङ हाओको हातमा लागेपछि नेपालले पेनाल्टीको अवसर पाएको हो । विष्टले पेन

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 112 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा