एजेन्सी / युईएफए युरोपा लिगको सेमिफाइनल वेस्ट ह्यामले ४६ वर्ष पछि युरोपियन प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । वेस्ट ह्यामले क्वार्टरफाइनल दोस्रो लेगमा लियोनलाई ३-० ले पराजित गरेको हो । 

जितसँगै वेस्ट ह्यामले फ्रयांकफर्टसँगको सेमिफाइनल भेट पक्का गरेको छ । फ्रयांकफर्डले राति क्याटलन क्लबलाई समग्रमा ४-३ ले पराजित गरेको हो ।

OM Sai Pathibhara Hospital

त्यस्तै, एट्लान्टालाई निराश पार्दै जर्मन बुन्डेसलिगाको क्लब आरबी लाइपजिकले पनि युरोपा लिगको सेमिफाइनलमा स्थान बनाएको छ । 

बिहीबार सम्पन्न क्वार्टरफाइनल दोस्रो लेगमा लाइपजिकले २-० को जित निकाल्यो । पहिलो लेगमा १-१ को बराबरी खेलेको लिपजिक समग्रमा ३-१ को जितसहित अन्तिम चारमा प्रवेश गरेको हो ।

रेन्जर्सले युरोपा कपको सेमिफाइनलमा स्थान बनाउने  क्रममा एसी ब्रागालाई दोस्रो लेगमा ३-१ ले हरायो । पहिलो लेगमा १-० को जित निकालेको   ब्रागाले दोस्रो लेगमा भने अग्रता कायम राख्न सकेन । रेन्जर्सले समग्रमा ३-२ को नतिजाका निकाल्यो ।