एजेन्सी / इन्डियन प्रिमियर लिग (आईपीएल) टि-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले दिल्ली क्यापिटलसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै राजस्थान शीर्ष स्थानमा उक्लने योजनामा छ । लिगमा ६ खेल खेलेको राजस्थान ८ अङ्क जोडेर तालिकाको तेस्रो स्थानमा छ ।
यता दिल्ली आजको खेलमा सहज जित निकाल्दै तालिकाको तेस्रो स्थानमा उक्लने योजनामा छ । लिगमा ६ खेल खेलेको दिल्ली ६ अङ्क जोडेर तालिकाको छैटौँ स्थानमा छ ।