एजेन्सी  / दोस्रो स्थानको मार्सेलीलाई आइतबार राति २-१ अन्तरले पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ११ औँ पटक फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ ।

शीर्ष स्थानमा १५ अङ्कको अग्रता बनाएको पिएसजीले ६ खेल अघि नै लिग उपाधि जितेको हो । जितसँगै पिएसजीले ३२ खेलबाट ७४ अङ्क बनाएको छ भने दोस्रो स्थानको मार्सेलीको ५९ अङ्क छ ।

OM Sai Pathibhara Hospital

खेलको १२ औँ मिनेटमा नेयमारले गोल गर्दा पिएसजीले अग्रता दिलाए । डुजे अलेटाले ३१ औँ मिनेटमा गोल गरेपछि मार्सेलीले बराबरी गोल गर्‍यो ।

पहिलो हाफको इन्जुरी समयमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै २-१ को अग्रता दिलाए । दोस्रो हाफमा दुवैतर्फबाट कुनै गोल नभएपछि पिएसजी घरेलु मैदानमा उपाधि रक्षा गर्न सफल भयो ।

यो सँगै यसै सिजन बार्सिलोनाबाट फ्रान्स झरेका स्टार खेलाडी लियोनल मेस्सीले फ्रेन्च लिगको पहिलो उपाधि हात पारेका छन् ।