एजेन्सी / इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान गुजरातसँग पराजित भएको छ । गुजरातसँग  राजस्थान ३७ रनले पराजित भएको हो । 

टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा १९२ रन बनाएको थियो । गुजरातको दुई विकेट १५ रन बनाउँदा नै गुमिसकेको थियो । शुभमन गिल १३ रनमा आउट भएका थिए ।

OM Sai Pathibhara Hospital

त्यसपछि कप्तान हार्दिक पाण्ड्याले स्थिति सम्हाल्दै ५२ बलमा ८७ रनको योगदान गरे । उनलाई अभिनव मनोहरले ४३ रन बनाएर र डेभिड मिलरले ३१ रन बनाएर साथ थिए ।

राजस्थानका लागि कुलदीप सेन, युजवेन्द्र चहलरियान परागले एक–एक विकेट लिए ।

१९३ रनको लक्ष्य पछ्याएको राजस्थानको टोली निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रनमा समेटियो । राजस्थानका लागि जोस बटलरले २४ बलमा ५४ रन बनाए । शिमरोन हेटमायर २९ रन जोडे ।

गुजरातका लागि लकी फर्ग्युसन र यश दयालले तीन–तीन विकेट लिए । कप्तान हार्दिक पाण्ड्यामोहम्मत शमीले एक–एक विकेट लिए । अलराउण्ड प्रदर्शन गरेका हार्दिक पाण्ड्या प्लेयर अफ द म्याच चुनिए ।