एजेन्सी /  इन्डियन प्रिमियर लिग (आईपीएल) टी- ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैङ्ग्लोरले जित निकालेको छ । शनिवार राति भएको खेलमा बैङ्ग्लोरले दिल्ली क्यापिटल्सलाई १६ रनले हराएको हो ।

बैङ्ग्लोरले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन मात्र बनाउन सक्यो ।
यस अघि पहिले ब्याटिङ गरेको बैङ्ग्लोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८९ रन जोडेको थियो ।
यस जितसँगै बैङ्ग्लोरले ६ खेलमा ८ अङ्क जोडेको छ । बैङ्गलोर तेस्रो स्थानमा उक्लिएको छ । दिल्ली ५ खेलमा ४ अङ्क जोडेर आठौं स्थानमा रहेको छ ।

OM Sai Pathibhara Hospital