काठमाडौं / राष्ट्रिय फुटबल टिमले आज (शुक्रबार) बाट प्रशिक्षण सुरु गर्ने भएको छ । 

एएफसी एसिया कप छनोटको तेस्रो चरणको तयारीका लागि नेपाली टोलीले आज बिहान ९ बजेदेखि १०ः३० बजेसम्म दशरथ रङ्गशालामा प्रशिक्षण गर्ने भएको हो । 

OM Sai Pathibhara Hospital

छनोटको समूह ए मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् । तीनै टोली फिफा वरीयतामा नेपालभन्दा माथि छन् । छनोटको सबै खेल कुवेतमा हुनेछन् ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले छनोटको लागि २५ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् ।

अल्मुताइरीले छनोट गरेको २५ सदस्यीय टोलीको गोलकिपरमा किरणकुमार लिम्बू (कप्तान), दीपक कार्की र विशाल श्रेष्ठ रहेका छन् । 

यस्तै गोल रक्षकमा अनन्त तामाङ, विकास खवास, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, सुरजजिउ ठकुरी, 
मिडफिल्डरः आयुष घलान, मनिष डांगी, पुजन उपरकोटी, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन लामा, सुनिल बल, तेज तामाङ, एरिक विष्ट, विशाल राई रहेका छन् । 

स्ट्रइकरमा छनोट हुनेमा विमल घर्तिमगर, अन्जन विष्ट, दर्शन गुरुङ र नवयुग श्रेष्ठ रहेका छन् ।