खेलकुद

    Showing 1,101-1,110 of 1,600 items.
  • नेयमार र डानिलोको गोलमा पिएसजीको जित

    एजेन्सी / स्टार खेलाडी नेयनारको गोलमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लोरिएन्टलाई २-१ अन्तरले पराजित गरेको छ । आइतबार राति भएको खेलको नबौं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए । ५३ औं मिनेटमा टेरिम मोफीले गोल गर्दै लोरीएन्टले १-१ को बराबरी गर्‍यो ।८१ औं मिनेटमा नेयमारको पासमा डानिलो पेरिएराले गोल गर्दै पीएसजीलाई २-१ को जित दिलाए । जितसँगै पिएसजीले १४ खेलमा ३८ अङ्क जोडेर शीर्ष स्थानमा छ । लोरीएन्ट २७ अङ्क जोडेर पाँचौं स्थानमा छ ।

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 206 पटक पढिएको
  • यी हुन विश्वकपमा सहभागी हुन् नसकेका ६ ठूला टिम

    एजेन्सी / कतार विश्वकप २०२२ मा खेल सुरु हुनुअघि नै केही टिमको अनुपस्थितिले दर्शकलाई दुःखी बनाउनेछ । वर्तमान युरोपेली च्याम्पियन तथा चारपटकको विश्वकप विजेता इटाली यसपटक विश्वकपमा छनोट हुन सकेन । कतारमा इटाली बाहेक युरोप, दक्षिण अमेरिका र अफ्रिकाका अन्य केही ठूला टिम पनि सहभागी हुनेछैनन् । यहाँ नोभेम्बरमा कतारमा हुने विश्वकपमा सहभागी नहुने ६  टिम यस प्रकार छन् । इटाली वरीयता : ६विश्वकपमा उत्कृष्ट प्रदर्शन विजेता ९१९३४, १९३८, १९८२ र २००६०मार्चमा भएको प्लेअफ सेमिफाइनलमा नर्थ म्यासेडोनियाविरुद्ध पराजित भएपछि इटालीले कतार विश्वकपमा स्थान सुरक्षित गर्न सकेन । युरो २०२० को उपाधि वि

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 318 पटक पढिएको
  • यौन दुर्व्यवहारको आरोपमा श्रीलंकन क्रिकेटर गुनतिलक पक्राउ

    झापा / श्रीलंकन क्रिकेटर दनुश्का गुनतिलक बलात्कार आरोपमा पक्राउ गरेका छन् । अस्ट्रेलियाको सिड्नीमा २९ वर्षीया युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि प्रहरीले उनलाई आइतबार बिहानै एक होटलबाट पक्राउ गरेको हो ।अष्ट्रेलियाको न्यु साउथ वेल्सस्थित प्रहरीका अनुसार ती युवतीले ब्याट्सम्यान गुनतिलकलाई केही दिनअघि अनलाइन डेटिङ एप्समार्फत् सम्पर्क गरी भेट गरेकी थिइन् । त्यसपछि नोभेम्बर २ बुधबार साँझ ती युवतीले आफूलाई गुनतिलकले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् ।प्रहरीले यस घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । जस अन्तर्गत शनिबार प्रहरीले क्रिकेटर टोली रहेको स्थान रोज बे मा पुगेर घटनास्थलको

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 375 पटक पढिएको
  • पाकिस्तान टी –२० विश्वकपको सेमिफाइनलमा

    झापा / बङ्गलादेशलाई हराउँदै पाकिस्तान आइसीसी टि–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार एडिलेड ओभलमा भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानले बङ्गलादेशलाई ५ विकेटले पराजित गरेको हो । समूह –२ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् । बङ्गलादेशले दिएको १ सय २७ रनको लक्ष्य पाकिस्तानले १८/ १ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवान र बाबर आजमले क्रमशः ३२ र २५ रनको योगदान गरे । मोहम्मद हरिसले २ छक्का र १ चौकाको मद्दतमा ३१ रन जोडे ।बंगलादेशका लागि मुस्ताफिजुर रहमान, नसुम अहमद, शकिब अल हसन र इबादोत हुसेनको नाममा एक–एक विकेट रह्यो ।यसअघि टस जितेर पहिला

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 217 पटक पढिएको
  • फुटबलको विश्व महासंग्राम मानिने विश्वकपमा विवाद कायमै

    एजेन्सी / कतारमा हुन गइरहेको विश्वकपको २२ औँ संस्करण आगामी मंसिर ४ गते अर्थात नोभेम्बर २० देखि सुरु हुँदैछ । फुटवलको विश्व महासंग्राम मानिने विश्वकप सुरु हुन दुई साता बाँकी हुँदा विवाद भने कायमै छ । विशेषगरी कतारको कठोर मुस्लिम कानुन पालना गर्ने यो खाडी राष्ट्रले समलैङ्गिक सम्बन्धमा लिएको अडानबारे कैयौँ गुनासाहरू सामना गरिरहनुपरेको छ । इस्लामिक शरीया कानुनअन्तर्गत अनैतिक मानिने भएकाले समलिङ्गी गतिविधिहरू कतारमा गैरकानुनी मानिन्छ । यस्तो गतिविधिमा संलग्नमाथि जरिवाना मात्र नभएर सात वर्षसम्मको जेल सजाय वा मृत्युदण्डसम्मको सजाय हुनसक्छ । बीबीसीले उल्लेख गरेअनुसार कतार विश्वकपका आयोजकले उक्त देश घु

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 230 पटक पढिएको
  • सन्दीपलाई पुर्पक्षका लागि कारागार पठाउन काठमाडौं जिल्ला अदालतको आदेश

    काठमाडौँ  / १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । वादी र प्रतिवादीका तर्फबाट भएको कुन व्यवसायीको थुनछेक बहसपछि शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।  वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, कृष्ण सापकोटा, सविता भण्डारी, लभ मैनाली लगायतले लामिछानेको पक्षबाट बहस गरेका थिए ।जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले सोमबार लामिछानेविरुद्ध १० द

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • 193 पटक पढिएको
  • सन्दीप लामिछानेको बहस सकियो , केहीबेरमै आदेश आउने

    काठमाडौँ / १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने विरूद्धको मुद्दामा बहस सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबारदेखि थुनछेक बहस चलेको थियो । अदालतले मुद्दाको पुर्पक्षका लागि सन्दीपलाई थुनामा पठाउने कि धरौटी वा साधारण तारेखमा राख्ने भन्ने आदेश जारी गर्नेछ ।  सन्दीपलाई १० देखि १२ वर्षसम्मको कैद सजायको मागदाबीसहित सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो । 

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • 300 पटक पढिएको
  • यू -१५ महिला साफ च्याम्पियनसिपमा आज भुटान र नेपाल बिच प्रतिष्पर्धा

    काठमाडौँ / यू -१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पहिलो खेल खेल्दैछ । बङ्गलादेशमा जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा भुटानको सामना गर्दैछ । नेपाल र भुटानबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।नेपाली टोली आजको खेलमा सहज जित निकाल्दै प्रतियोगितामा आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्ने योजनामा छ । यता पहिलो खेलमा बङ्गलादेशसँग ८–० अन्तरले पराजित भएको भुटान पनि आजको खेलमा जित निकाल्ने योजनामा हुनेछ ।च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । नेपालले दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५ मा खेल्नेछ । डबल राउन्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उ

    • प्रकाशित मितिः कार्तिक १७, २०७९
    • 310 पटक पढिएको
  • सन्दीप लामिछाने प्रकरण : आजबाट थुनछेक बहस सुरु हुँदै

    काठमाडौं / १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेको मुद्दामा आजबाट थुनछेक बहस सुरु हुँदैछ ।मङ्गलवार बयान सकिएपछि बुधवारदेखि थुनछेक बहस सुरु हुन लागेको हो । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले थुनछेक बहसपछि साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने मध्ये एउटा आदेश गर्नेछ । सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, लभ मैनाली, कृष्ण सापकोटा र सरिता भण्डारी लगायतले बहस गर्दैछन् । सन्दीप विरुद्ध काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार १० देखि १२ वर्षसम्म कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।

    • प्रकाशित मितिः कार्तिक १६, २०७९
    • 191 पटक पढिएको
  • सन्दीप लामिछानेविरुद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै

    झापा  / बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछाने विरूद्ध सोमबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता हुँदैछ । जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार मुद्दा दर्ता गर्ने तयारी गरेको हो ।जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।उक्त अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार बिदा भएकाले उनको मुद्दा दर्ता हुन सकेको थिएन। प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो ।प्रहरीका

    • प्रकाशित मितिः कार्तिक १४, २०७९
    • 253 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.