एजेन्सी / फिफा विश्वकप फुटबलमा सोमबार अन्तिम १६ अन्तर्गतका आज दुई खेल हुँदैछन् । 

कतारको अल जानुब स्टेडियममा पौने ९ बजे हुने पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। जापान समूह ‘ई’ बाट  विजेता र  क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्। 

OM Sai Pathibhara Hospital

यस्तै राति पौने १ बजे ब्राजिल र दक्षिण कोरियाबीच खेल हुनेछ । खेल कतारको स्टेडियम ९७४ मा तय भएको छ। ब्राजिल समूह ‘जी’ को विजेता र दक्षिण कोरिया समूह  ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्।