एजेन्सी / फिफा विश्वकप फुटबलमा सोमबार अन्तिम १६ अन्तर्गतका आज दुई खेल हुँदैछन् ।
यस्तै राति पौने १ बजे ब्राजिल र दक्षिण कोरियाबीच खेल हुनेछ । खेल कतारको स्टेडियम ९७४ मा तय भएको छ। ब्राजिल समूह ‘जी’ को विजेता र दक्षिण कोरिया समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्।





































