एजेन्सी / कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरू आजबाट सुरु हुँदैछ । जसमा पहिलो सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । 

अर्जेन्टिना र क्रोएसियाबीचको खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ । दोहाको लुसेल रङ्गशालामा हुने पहिलो सेमिफाइनलमा मैदान उत्रँदा दुवै टोली फाइनल पुग्ने योजनामा हुनेछन् । 

OM Sai Pathibhara Hospital

यता, आजको खेलमा सबैको नजर अर्जेन्टिना कप्तान लियोनल मेस्सी र क्रोएसियाको कप्तान लुका मोड्रिचमा रहनेछ ।

अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा गरी दुई पटकसम्म विश्वकपको उपाधि जितेको छ । तीन पटक फाइनलमा पुगेको छ । क्रोएसियाले अहिलेसम्म विश्वकपको उपाधि जितेको छैन् । 

२०१८ मा भएको विश्वकपको फाइनलमा क्रोएसिया फ्रान्ससँग पराजित हुँदै उपविजेता बनेको थियो ।