एजेन्सी / कतारमा जारी फिफा विश्वकप फुटबलमा आज आइतबार राउन्ड अफ १६ का दुई खेलहरू हुँदैछन् ।

अल थुमामा स्टेडियममा आइतबार हुने पहिलो खेलमा फ्रान्स र पोल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । साविक विजेता फ्रान्स र पोल्याण्डबीचको खेल राति ८: ४५ बजे सुरु हुनेछ ।

OM Sai Pathibhara Hospital

आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनमा पुग्ने योजनामा रहेका छन् । फ्रान्स समूह डी को विजेता र पोल्याण्ड समूह सी को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

अर्को खेलमा इंग्ल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । अल बयात स्टेडियममा हुने इंग्ल्यान्ड र सेगेनलबीचको खेल राति १२ : ४५ बजे सुरु हुनेछ । आज इंग्ल्यान्ड र सेनेगल जित निकाल्दै क्वाटरफाइनमा पुग्न चाहन्छ । इंग्ल्यान्ड समूह बी को विजेता र सेनेगल समूह ए को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।