एजेन्सी / कतारमा जारी  फिफा विश्वकप फुटबलमा आज बुधबार पनि चार खेल हुँदैछन् । बुधबार समूह ‘सी’ र ‘डी’ का दुई दुई खेल हुनेछन् । नेपाली समय अनुसार राति ८ : ४५ बजे समूह ‘डी’ का दुई खेल एकसाथ हुनेछन् र जहाँ ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्कको प्रतिस्पर्धा हुनेछ । यो समूहबाट फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ । यस्तै बुधबार राति १२: ४५ बजे हुने दोस्रो खेलमा समूह ‘सी’ मा रहेका चार देशले प्रतिस्पर्धा गर्दैछन् ।

एकसाथ हुने खेलमा अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिको बीच प्रतिस्पर्धा हुनेछ । आजको खेलमा अर्जेन्टिनालाई जित्नै पर्ने दबाब रहेको छ । पोल्यान्डसँग अर्जेन्टिनाको बराबरी भएपनि प्रतियोगिताबाट बाहिरिने छ । यी खेलबाट अन्तिम १६ मा पुग्ने दुई देशको टुंगो लाग्नेछ ।