काठमाडौं  / कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार चार खेलहरू हुँदैछन् । जसमा समूह ई र समूह एफ का दुई दुई खेलहरू हुनेछन् । पहिलो दुई खेलमा समूह एफ मा रहेको क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्को बीच प्रतिस्पर्धा हुँदैछ । दुबै खेल नेपाली समय अनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ । यस खेलहरुबाट समूह एफ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ ।

यस्तै दोस्रो दुई खेलमा समूह ई मा रहेका जापान र स्पेन तथा कोस्टारिका र जर्मनी बीच प्रतिस्पर्धा हुँदैछ । यी दुबै खेल पनि नेपाली समय अनुसार राती १२ः४५ मा हुनेछ । यस खेलहरुबाट समूह ई बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ ।  एसियाली मुलुक कतारमा पहिलो पटक आयोजना भईरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।